छोरा जन्मिसकेपछि झन् बदलियो सपना चौधरीको चालढाल, तस्बिर हेर्नुहोस्

एजेन्सी : भारतको हरियाणाकी गायिका, अभिनेत्री तथा डान्सर सपना चौधरी(Sapna Choudhary)ले गत वर्ष अक्टोबरमा छोरालाई जन्म दिईन्। सङ्गीतकार वीर साहु(Veer Sahu) सँग गुपचुप विवाह गरेकी सपनाले एकाएक पुत्रलाई जन्म दिएको खबर सार्वजनिक हुँदा उनका फ्यानहरु तीनछक्क परेका थिए। छोरा जन्मिसकेपछि सपना चौधरीको चालढालमा धेरै बदलाव आएको छ। पहिले भन्दा अझ धेरै खुल्न थालेकी छिन्।

सपनाका स्टेज पर्फमेन्सले सधैं धूम मच्चाउने गर्छ। उनी स्टेजमा जानेबित्तिकै भीडमा उत्साह तथातरङ्ग पैदा हुन्छ। र दर्शकलाई आफ्नो डान्सले भरपूर मनोरञ्जन दिन्छिन्।

लोकप्रिय टेलिभिजन रियालिटी शो ‘बिग बोस ११’ बाट निस्किएपछि सपनाको किस्मत बिल्कुलै बदलिएको छ। बिग बोसमा भाग लिनु अघि उनी सामाजिक सञ्जालमा खासै सक्रिय रहन्थिन्। बिग बोसकै कारण सपना इन्स्टाग्राममा आइन्। उनले सलमान खानको सल्लाह मानिन् र खुब वर्कआउट गर्न थालिन्। उनले अहिले आफ्नो वजन धेरै घटाएकी छिन्। सपनाको हट अवतार देखेर उनका फ्यान्स पनि घायल हुन्छन्।

उनी आफ्नो गीत र डान्समा मात्र नभई आफ्नो स्टाइलमा पनि खुब ध्यान दिन्छिन्। यो कुरालाई उनको ग्लामरस फोटोशूटले पुष्टि गर्छ। उनको मेकओवरले पनि फ्यानहरुका दिल जित्ने गर्छ। उनको मादक मुस्कान, लोभलाग्दो जिउडाल र का*-:मु,-क डान्सले फ्यानहरुलाई लट्ठ पार्ने गर्छ।

प्रकाशित : शुक्रबार, जेठ १४, २०७८१३:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘कुण्डली भाग्य’ की प्रीताले तोडिन् संस्कारी बुहारीको इमेज, भड्किए फ्यान