एजेन्सी : टिभीको संस्कारी बुहारीको रुपमा हरेक घरमा आफ्नो पहिचान बनाएकी श्रद्धा आर्या (Shraddha Arya) सामाजिक सञ्जाल(Social Media) मा निकै सक्रिय रहन्छिन्। सूट, सारी र लेहँगा जस्ता पहिरणमा तस्बिर शेयर श्रद्धा आर्याले हालै मोनोकोनीमा केही तस्बिरहरु शेयर गरेकी छिन्। ती तस्बिरहरु सार्वजनिक भएसँगै अहिले सामाजिक सञ्जालमा उनको ट्रोल भईरहेको छ।
श्रद्धा आर्याले जुन तस्बिरहरु शेयर गरेकी छिन्, त्यसमा उनी मोनोकोनी लगाएर नुहाईरहेकी देख्न सकिन्छ।
पिङ्क कलरको मोनोकोनीमा श्रद्धा बिछट्टै राम्री देखिएकी छिन। फ्यान्सदेखि सेलिब्रेटीसम्मले उनका तस्बिरहरुमा खुब कमेन्ट्स गरिरहेका छन्।
श्रद्धा आर्याको यो अवतारलाई अधिकांसले मन पराएका छन्। केहीले उनका यी फोटोले आफ्नो मन चोरेक समेत भन्न भ्याएका छन्।
तर केही मानिसहरु उनको यस्तो अवतार देखेर भड्किएका छन्। कुण्डली भाग्य(Kundali Bhagya) मा प्रीताको भूमिका निभाएकी श्रद्धालाई अहिले सामाजिक सञ्जालमा मानिसहरुले संस्कारको पाठ सिकाईरहेका छन्।
तस्बिरमा केही युजर्सले नकारात्मक टिप्पणी गरेका छन्। उनलाई लाजशरम नभएको र गिरेको महिला भन्दै भद्दा कमेन्ट्स गरेका छन्।