एजेन्सी : ब्रिटेन(Britain) की ग्लामर मोडल रायन शगडेन(Rhian Sugden) सामाजिक सञ्जालमा आफ्नो पोस्ट्सको कारण ट्रोल्स निशानामा पर्छिन्। उनले ट्रोल्सको डटेर सामना गर्छिन्, चुप लागेर बस्दिनन्। उनले कैयन् पटक ट्रोलरलाई करार जवाफ दिँदै सार्वजनिक रुपमै झाँको झारेकी छिन्। हालै उनले सामाजिक सञ्जालमार्फत एक धनाढ्य व्यापारीको बेइज्जत गरेदिएकी छिन्।
३४ वर्षीय रायनले इन्स्टाग्राम स्टोरीमार्फत धनाढ्य व्यापारीको इज्जत उदाङ्गो पारेकी हुन्। उनले स्टोरीमा आफूले पछिल्लो समय धेरै मानिसहरुको प्रपोजल र अफरहरुको आएको बताईन्। र साथै यसले आफूलाई तनाव दिईरहेको सुनाइन् । अझ एक विवाहित व्यापारीले त उनलाई इनबक्स गरी एक रात बिताउन २ लाख पाउन्ड्स यानी लगभग ३ करोड २९ लाख नेपाली रुपैयाँ प्रस्ताव राखेको खुलाईन्।
रायनले लेखेकी छिन् – ‘म आफ्ना फ्यान्स र फलोअर्सका भावनाको सम्मान गर्छु। तर उनीहरुले यो बुझ्नुपर्छ कि मेरो यी चीजहरुमा कुनै रुचि छैन र यस्तो अफर्स दिनेहरुले आफ्नो सीमामा बस्नुपर्छ किनकी उनीहरुलाई यसरी कुरा गर्ने हक छैन।’
रायन विवाहित हुन्। उनी सन् २०१८ मा ओलिवर ज्याकोव मेलर(Oliver Jacob Mellor) सँग बाँधिएकी थिईन्। ओलिवर ब्रिटिश अभिनेता तथा पूर्व पर्सनल ट्रेनर हुन्। ओलिवर सन् २०१८ मा रिलिज भएको शो ‘कोरोनेसन स्ट्रिट(Coronation Street)’ मा डाक्टर मैट कार्टरको भूमिकाबाट चर्चा बटुल्न सफल भए।
रायनको व्यक्तिगत जीवन एकदमै तनावपूर्ण रहेको छ। उनी आफ्नो गर्भको लागि पनि सङ्घर्ष गरिरहेकी छिन्। यसको लागि उनले हर्मोन इन्जेक्सन पनि लगाईसकिन्। उनी आईभिएफ(In vitro fertilization-IVF) प्रविधिबाट गर्भवती हुन् चाहन्थिन्। तर यो सफल हुन् सकेन्। रायनले आफ्नो एक अन्तर्वार्तामा पछिल्लो यो समय एकदमै चुनौतीपूर्ण रहेको बताईन्।