एजेन्सी : भारतीय अभिनेत्री मलाइका अरोडा आफ्ना सुन्दर तस्बिरहरुका कारण लाइमलाइटमा रहन्छिन्। मलाइका आफ्नो ग्ल्यामरस अन्दाज र बो:-ल्ड लुकका लागि चिनिन्छिन् । उनका तस्बिरहरुलाई फ्यानहरुले निकै मन पराउने गर्छन्। उनी सामाजिक सञ्जालमा एकदमै सक्रिय रहन्छिन्। उनी आफ्नो फिटनेशको निकै ख्याल गर्छिन्। पछिल्ला समय उनले आफ्नो फिटनेसका फोटोज र भिडियोहरु शेयर गरिरहेकी छिन् । उनले जीमसँगै योगा गर्दै गरेका फोटोहरु पनि शेयर गर्छिन्।
जिमबाट बाहिर निस्कँदै गर्दा लगाएको मलाइकाको पहिरनले पनि भारतीय सञ्चारमाध्यमहरुमा राम्रै स्थान पाउँछ। उनका तस्बिर तथा भिडियोहरु सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा उनको ट्रोल सुरु हुन्छ।
मलाइकालाई कतिपयले किम कार्दशियनको सस्तो रुप भन्दै आलोचना गर्छन् भने कतिपयले झुर पहिरन लगायतका नकारात्मक प्रतिक्रियाहरुका वर्षात् हुन्छ। ‘उमेर पचपन तर हर्कत बचपन’ भएको भन्दै उनको कडा आलोचना पनि हुन्छ। तर यी सबैले मलाइकालाई कुनै फरक परेको देखिन्न। उनी झन् पहिले भन्दा एक कदम अगाडी बढ्दै तस्बिरहरु पोस्ट गर्छिन्।
कतिपयले सकारात्मक प्रतिक्रिया पनि दिन्छन् । ४७ वर्षको उमेरमा पनि आफ्नो सुन्दरता कायमै राख्न सकेको भन्दै प्रशंसा पनि गर्छन्। उनको अगाडी अहिलेका ‘मै हुँ भन्ने’ जवान अभिनेत्रीहरु पनि फेल खान्छन्।
अहिले मलाइका अभिनेता अर्जुन कपू(Arjun Kapoor)रसँगको प्रेम सम्बन्धको कारण चर्चामा छिन्। मलाइकाले २०१७ मा अरबाज खान(Arbaaz Khan)सँग डिभोर्स गरेकी थिइन् । यो जोडीका एक छोरा अरहान खान(Arhaan Khan) १९ वर्षका भइसकेका छन् । आफूभन्दा करिब १० वर्ष कान्छा अर्जुन कपूरसँग सल्केपछि उनको वैवाहिक सम्बन्ध बिग्रेको थियो ।