असाध्यै सुन्दर एवं ह-ट छिन् गायक नीतेश जङ्ग कुँवरकी प्रेमिका, गर्छिन् यस्तो काम

काठमाडौँ : गत बैशाख १२ गते एकाएक  गायक नीतेश जङ्ग कुँवर(Neetesh Jung Kunwar)ले आफ्नो साङ्गीतिक यात्रा निष्कर्षमा पुगेको घोषणा गरे । सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै उनले आफूले सङ्गीत क्षेत्रबाट बिदा लिएको बताएका थिए। उनले लेखेका थिए – ‘प्रिय साथीहरु, मलाई विश्वास छ कि, मेरो नेपाली सांगीतिक क्षेत्र निष्कर्षमा पुगेको छ । म तपाईहरु सबैलाई यो अद्भुत रोलरकोस्टर सवारीको लागि धन्यवाद दिन चाहन्छु। स्वस्थ रहनुहोस् र नम्र हुनुहोस्।(Dear friends,As I believe my Nepali music journey has come to Conclusion, I wanna thank you all for this amazing rollercoaster ride. Stay Healthy and Be Humble.)’ उनको यस्तो घोषणाले नेपाली सङ्गीत क्षेत्रमा तरङ्ग पैदा गर्यो। नेपाली सङ्गीतप्रेमीले उनले अप्रत्यासित रुपले आफ्नो सङ्गीत यात्रा टुङ्ग्याएकोमा दुख व्यक्त गरेका थिए।

सङ्गीत क्षेत्रबाट अप्रत्यासित बहिर्गमनको खबर सेलाउन नपाउँदै नीतेश प्रेम सम्बन्धको कारण चर्चामा छन्। सञ्चारकर्मी तथा मोडेल ओसिन सिटौला(Oshin Sitaula)सँग प्रेम सम्बन्धमा रहेको खबर बाहिरिएपछि फेरी पनि एकपटक नीतेशको चर्चा चुलिएको हो। नीतेश र ओसिन प्रेम सम्बन्धमा खबर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा अहिले अनेक अड्कलबाजीहरु गर्न थालिएको छ।

बुधबार जेठ १२ गते नीतेशको जन्मदिनको अवसरमा ओसिनले केही भिडियो तथा तस्बिरहरु सार्वजनिक गर्दै जन्मदिनको शुभकामना व्यक्त गरेकी थिईन्। जसमा नितेश र ओसिनको प्रेम स्पष्ट देखिन्छ। गुपचुप प्रेमसम्बन्धमा रहेका यी दुईले आफ्नो सम्बन्धले जतिले नै लुकाउन खोजेपनि अन्ततोगत्वा सम्बन्ध बाहिरिएको छ।

मिडियामा नआएपनि ओसिन र नीतेश प्रेम सम्बन्धमा रहेको उनका नजिकका साथीहरुले बताउँदै आएका थिए। सन् २०१९ मा यी दुईको विस्पर च्यालेन्ज(Whisper Challenge)को भिडियोलाई असाध्यै मन पराईएको थियो।

आफ्नो प्रिय गायक तथा मोडेल प्रेम सम्बन्धमा रहेको खबरमा फ्यानहरुले पनि खुशी व्यक्त गरेका छन्। अहिले सामाजिक सञ्जालमा ओसिनको सुन्दरताको चर्चा सुरु भएको छ। मोडेल तथा सबैभन्दा लोकप्रिय रियलिटी शो, भ्वाइस अफ नेपाल(Voice of Nepal)को पूर्व होस्ट ओसिनको सुन्दर मुहार र लोभलाग्दो जिउडालको चर्चापरिचर्चा हुन् थालेको छ।

ओसिनको सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ। उनलाई इन्स्टाग्राम १ लाख ८० हजारले पच्छ्याएका छन्। ओसिनले लोकप्रिय कार्यक्रम हंगर हन्ट(Hunger Hunt)मा पनि काम गरिसकिन्।

नितेशले पीडित, धोकेबाज, सिन्धुलीगढी, मलाई उल्लु नबनाउनु, हाम्रो नेपालमा, प्रार्थना, फ्लर्टी माया, गेडै जस्तो जिन्दगी लगायतका चर्चित गीत गाएका छन् ।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८१५:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सनी लियोनीलाई लत लागेको छ यो भाइ:, ब्रे,ट/रको, सक्दिनन् यो बिना बाँच्न