एजेन्सी : दक्षिण भारतीय फिल्म इन्डस्ट्रीको सुन्दर अभिनेत्री सामन्था अक्किनेनी(Samantha Akkineni) को सामाजिक सञ्जालमा राम्रो फ्यान फलोइङ छ। दक्षिण भारतीय चलचित्र जगतमा आफ्नो सशक्त अभिनय कौशलताले सबैको मन जित्न सफल सामन्था मनोज बाजपेयी(Manoj Bajpayee) सँग वेबसिरिज ‘द फेमिली म्यान २(The Family Man 2)’ बाट हिन्दी भाषाको सिरिजमा डेब्यु गर्दै छिन्।
सामन्था अहिले यहीँ वेबसिरिजको प्रोमोसनमा व्यस्त छिन्। हालै एक अन्तर्वार्तामा सामन्थाले विगतमा आफूलाई थुप्रै बलिउड फिल्महरुका लागि प्रस्ताव आएको खुलाईन् तर आफ्नो भाषासम्बन्धी समस्याको कारण ती फिल्मका प्रस्तावलाई अस्वीकार गर्नुपरेको बताईन्।
सामन्थाले यो पनि बताईन् कि भावी दिनमा यदि कुनै बलिउड फिल्ममा काम गर्ने अवसर पाए बलिउड अभिनेता रणवीर कपूरसँग अनस्क्रिन रोमान्स गर्नेछिन्।
‘द फेमिली म्यान २’ को ट्रेलर रिलिज भईसकेको छ। ट्रेलर हेरेर दर्शकहरुले सकारात्मक प्रतिक्रिया दिएका छन्। यो वेब सिरिज आउँदो ४ जुनमा अमेजन प्राइम भिडियोमा रिलिज हुँदै छ। यस सिरिजमा सामन्थाले एक तमिल लिबरेसन फ्रन्ट एलटीटीईको मेम्बरको भूमिका निभाउँदै छिन्।
३४ वर्षीय सामन्था अक्किनेनी विवाहित हुन्। उनी साउथ सुपरस्टार नागार्जुन(Nagarjuna)का छोरा नागा चैतन्या(Naga Chaitanya)सँग सन् २०१७ अक्टोबर ६ मा वैवाहिक बन्धनमा बाँधिएकी हुन्। सामन्था र चैतन्याको जोडीलाई असाध्यै मन पराइन्छ। सामन्थाले सन् २०१० मा ‘ये माया चेसावे(Ye Maya Chesave)’ फिल्मबाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी थिईन्। सामन्थाले साउथका थुप्रै सुपरहिट फिल्महरुमा काम गरिसकिन्।