‘Inception’ की चर्चित अभिनेत्री बनिन् पुरुष, शेयर गरिन् सिक्स प्याकको तस्बिर

एजेन्सी : हलिउड सुपरस्टार ट्रान्सजेन्डर एक्ट्रेस एलेन पेजले आफ्नो सर्जरीपछि ६ प्याक एब्स देखाउँदै फोटो शेयर गरेकी छिन्। जुनो(Juno) र इन्सेप्सन(Inception) जस्ता सुपरहिट फिल्ममा काम गरिसकेकी एलन पेज अहिले एलियट पेज(Elliot Page) नामले चिनिन्छिन्। एलटले डिसेम्बर २०२० मा एक इन्स्टाग्राम पोस्टको माध्यमबाट आफू एक ट्रान्सजेन्डर भएको बताएका थिए।

ओपेरा विन्फ्रे(Oprah Winfrey)सँगको अन्तर्वार्तामा एलटले आफू बाल्यकाल देखि नै सामान्य रहेको थियो तर किशोरावस्था सुरु भएसँगै शरीरमा बदलाव आउँदा धेरै असहज लाग्न लागेको बताए। त्यतिबेला एलट टमब्वायको रुपमा आफूलाई प्रस्तुत गर्थिन्। जति-जति करियरले हलिउडमा उचाई लिईरहेको थियो त्यति नै बढी एलट आफ्नो व्यक्तिगत जीवनको कारण चिन्तित बन्दै गईरहेकी थिइन्।

उनले अन्तर्वार्तामा भनिन् – ‘सन् २००७ मा फिल्म जुनोको प्रचारप्रसारको क्रममा अस्करको रेड कार्पेटमा जाँदा मैले एक ड्रेस लगाएको थिए तर त्यतिबेला मैले आफ्नै तस्बिर हेर्न सकिन्। त्यसको केही वर्षपछि फिल्म इन्सेप्सनको प्रिमियरको क्रममा पनि मैले एउटा ड्रेस लगाएको थिए। जुन ड्रेसको कारण मलाई प्यानिक अट्याक भएको थियो र पार्टीमा पनि धेरै घबराहट भईरहेको थियो।’

महिलाको ड्रेसमा आफूले बिल्कुल सहज महसुस नगर्ने पेजले बताए। सर्जरी भएपछि आफूले एकपटक फेरी नयाँ जीवन पाएको उनी बताउँछिन्। उनले भनिन् – ‘युवावस्थामा मेरो मनमस्तिष्कमा धेरै मानसिक द्वन्द चल्यो। यसकारण म ट्रान्सजेन्डर मानिसहरुका सङ्घर्षलाई बुझ्न सक्छु र उनीहरुलाई पूरा समर्थन दिन्छु।’

पेजले सन् २०१४ मा आफू लेस्बियन भएको खुलासा गरेका थिए। उनले सन् २०१८ मा क्यानडाकी डान्सर एवं कोरियोग्राफर एम्मा पोर्टर(Emma Portner) सँग विवाह गरे। यहीँ वर्ष २०२१ मा दुवैले सम्बन्ध बिच्छेद गर्ने घोषणा गरेका छन्। पेजले डिसेम्बर २०२० मा इन्स्टाग्राममा आफू ट्रान्सजेन्डर भएको र सर्जरी गराईसकेको खुलासा गरेका थिए।

प्रकाशित : बिहिबार, जेठ १३, २०७८१२:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहित सामन्थाले यस बलिउड एक्टरसँग रोमान्स गर्ने व्यग्र इच्छा रहेको बताएपछि…