एजेन्सी : बलिउडमा स्टारहरु बीच अफेयर हुनु सामान्य कुरा मानिन्छ । फिल्ममा एकसाथ काम गर्दा-गर्दै बलिउडको स्टारबीच अफेयर हुने गर्दछ । बलिउडको ग्ल्यामर दुनियाँ बाहिरबाट हेर्दा जति सुन्दर छ भित्रबाट त्यति कुरुप रहेको छ। प्रायः हामी बलिउड स्टारहरूको जीवनशैलीबाट प्रभावित हुन्छौ र उनीहरु जस्तै जीवन जिउने सपना देख्छौ।
तर हामी बलिउडको चमकदार संसारको पछि लुकेको अध्यारो जान्न चाहदैनौ। बलिउडमा अफेयर भन्दा बढी ब्रेकअपको खबर आइरहेको हुन्छ। आज हामी तपाइलाई ति बलिउडको लब अफेयरको बारेमा बताउछौ जसले कहिले चर्चा पाउनको लागि त कहिले चर्चा पाएपछि आफ्नो पार्टनरलाई धोका दिए।
त्यसैले हामीले बलिउडको ति पार्टनरको कुरा गर्दैछौ जसले एक समय एक-अर्कालाई ज्यानै दिएका थिए। तर केहि कारणले अलग भए। आउनुहोस् हेरौँ बलिउडका धोकेबाज पार्टनरको यस लिस्टमा को-को समावेश भएका छन्।
१. शाहिद कपूर(Shahid Kapoor) :
शाहिद कपुर र करिनाको प्रेम बलिउडको अफेयरमा सधैँ अगाडी नै हुने गर्छ। फिल्म ‘जब वि मेट(Jab We Met)’ को समयमा यी दुई नजिक भए। दुवैको सम्बन्ध तब अन्त भयो जब करिनाको जिन्दगीमा सैफ(Saif) र शाहिदको जिन्दगीमा अमृता राव(Amrita Rao)को इन्ट्री भयो।
शाहिदले एक शोको समयमा करिनालाई धोकेबाज पनि भनेका थिए। अर्थात् करिनाले शाहिदलाई धोका दिएकी थिईन।
२. अक्षय कुमार(Akshay Kumar) :
त्यस्तै बलिउडका अर्का अभिनेता अक्षय कुमार अफेयरको मामलामा अगाडी नै रहेका छन्। तर अक्षय र शिल्पा(Shilpa)को अफेयरको चर्चा हरेक ठाउँमा हुन्छ। एक समयमा अक्षय र शिल्पा प्रेम सम्बन्धमा रहेका थिए। अहिले दुवैजना अलग-अलग जिन्दगीमा खुसी छन्।
शिल्पाले अक्षयमाथि धोका दिएको आरोप लगाएकी थिइन्। शिल्पाको अनुसार अक्षयले चर्चित फिल्मको लागि उनलाई प्रयोग गरेका थिए।
३. रणवीर कपूर(Ranveer Kapoor) :
रणवीर कपूर बलिउडको नयाँ पुस्ताका अभिनेता हुन् र उनी सधैँ आफ्नो अफेयरको कारण चर्चामा रहन्छन्। रणवीर र कट्रिनाको अफेयरको बारेमा सबैलाई थाहा नै छ।
कट्रिनासँगको रिलेशनको समयमा पनि रणवीरको दोस्रो अभिनेत्रीसँग अफेयर चल्यो, जसले गर्दा अहिले रणवीर र कट्रिनाको ब्रेकअप भैसकेको छ। कट्रिनाले एक अन्तर्वार्ताको समयमा रणवीरसँग रिलेशन हुनु आफ्नै गल्ति भएको बताएकी थिइन्।
४. सलमान खान(Salman Khan) :
सलमान खान र ऐश्वर्या राय(Aishwarya Rai)को सम्बन्ध कस्तो थियो हरेक मानिसलाई थाहा नै छ। यी दुई चलचित्र ‘हम दिल दे चुके सनम(Hum Dil De Chuke Sanam)’ को समयमा नजिक भएका थिए ।
ऐश्वर्याले सलमानको गलत बानिको कारण उनीबाट छुटकारा लिएकी थिइन्। त्यसपछि ऐश्वर्याले अभिषेक बच्चनसँग बिहे गरिन्। तर सलमानले भने अहिलेसम्म विवाह गरेका छैनन्।