एजेन्सी : कट्रिना कैफ(Katrina Kaif) अहिले बलिउडमा स्थापित नाम हो। कट्रिनालाई बलिउडमा अहिले थप पहिचानको कुनै जरुरत छैन। बलिउडका तीन खान सलमान खान(Salman Khan), आमिर खान(Aamir Khan) र शाहरुख खान(Shah Rukh Khan)सँग कटरिनाले काम गरिसकेकी छन्। बलिउडमा कट्रिनाले जस्तो मौका र सफलता कमै मात्र नायिकाहरुले पाएका छन्।
कट्रिनाले बलिउडमा चलचित्र ‘बूम’ बाट डेब्यु गरेकी हुन्। सन् २००३ मा आएको उक्त चलचत्रमा कट्रिनाले अमिताभ बच्चन(Amitabh Bachchan), गुलशन ग्रोभर(Gulshan Grover), जीनत अमान(Zeenat Aman), ज्याकी श्रफ(Jackie Shroff) जस्ता कलाकारसँग काम गर्ने मौका पाएकी थिइन्।
पहिलो चलचित्रमै कट्रिनाले दिएकी थिइन् किसिङ्ग सिन
कट्रिनाले पहिलो चलचित्रमै बो-,:ल्ड सिन दिएकी थिइन्। चलचित्रमा कट्रिनाले गुलशन ग्रोभरसँग किसिङ्ग सिन दिनुपर्ने थियो। उक्त सिन बारे गुलशन ग्रोभर आफैंले पनि कयौं पटक बताइसकेका छन्। कट्रिना र गुलशनबीच २८ वर्षको उमेर अन्तर छ।
गुलशनका अनुसार कट्रिनासँग उक्त सिन दिन उनलाई धेरै नै असहज भएको थियो। बलिउडका महानायक अमिताभ बच्चनकै अगाडी त्यस्तो सिन दिनुपर्ने भएका कारण पनि उनलाई अलि बढी असहज भएको थियो।
उक्त सिन दिन कट्रिनालाई पनि सहज थिएन। पहिलो चलचित्रमै उनले त्यस्तो सिन दिन परेको थियो। उक्त सिनका लागि गुलशनले कयौं घण्टा अभ्यास गरेका थिए।
एक कोठामा आफूलाई बन्द गरेर दुई घण्टा सम्म अभ्यास गरेपछि मात्रै गुलशनले कटरिनासँग किसिङ्ग सिन दिएका थिए। पहिलो टेकमै उक्त सिन ‘ओके’ भएको थियो।