एजेन्सी : बलिउड अभिनेता सञ्जय दत्त(Sanjay Dutt)की पत्नी मान्यता दत्त(Manyata Dutt) एक जमानामा सफल एवं चर्चित अभिनेत्री बन्ने सपना लिएर चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिईन्। मुस्लिम परिवारमा जन्मेकी मान्यताको वास्तविक नाम दिलनवाज शेख(Dilnawaz Shaikh) हो। फिल्मको लागि उनले आफ्नो परिवर्तन गरी मान्यता राखेकी थिईन्, जुन नामलाई अहिलेसम्म पनि उनले अपनाएकी छिन्।
सन् २००३ मा मान्यताले निर्देशक प्रकाश झा(Prakash Jha) को फिल्म ‘गंगाजल(Gangaajal)’ मा एक आइटम नम्बर गरेकी थिईन्। त्यसपछि सन् २००८ मा उनी एक अभिनेत्रीको रुपमा कमाल राशिद खान(Kamaal R. Khan) को फिल्म ‘देशद्रोही(Deshdrohi)’ मा देखिईन्। यो फिल्मपछि उनको अभिनय यात्रा पनि टुङ्गियो। पिताको देहान्त, घर, परिवार र बिजनेसको जिम्मेवारीको कारण उनको सपना तुहियो।
मान्यताको इन्स्टाग्राममा २० लाख भन्दा फलोअर्स छन्। यहाँ उनी आफ्नो फलोअर्सको लागि लेटेस्ट फोटो र जानकारी शेयर गरिरहन्छिन्।
मान्यता दत्तको जन्म २२ जुलाई सन् १९७८ मा मुम्बईमा भएको थियो। फिल्ममा आउँदा सुरुमा उनको नाम सारा खान राखिएको थियो। पछि नाम फेरेर मान्यता राखियो।
मान्यताले ७ फेब्रुअरी सन् २००८ मा एक प्राइवेट सेरेमनीमा अभिनेता सञ्जय दत्तसँग विवाह गरेकी थिईन्। अहिले मान्यता भर्खर ४३ वर्षकी भईन् भने सञ्जय दत्त ६२ वर्षका भईसकेका छन्। सञ्जय भन्दा मान्यता १९ वर्षले कान्छी हुन्। बुढेसकालले छोईसकेको सञ्जयलाई पत्नी मान्यताको जवानी थाम्न हम्मेहम्मे परेको छ।
मान्यताले एक अन्तर्वार्तामा आफू र सञ्जय सन् २००५ देखि नै एकअर्कालाई डेट गरेको खुलाएकी थिइन्। उनी भन्छिन् – ‘हामीलाई एक-अर्काको पास्ट थाहा थियो। यसकारण हामीबीच केहीपनि सिक्रेट थिएन्।’
विवाहको दुई वर्षपछि मान्यताले जुम्ल्याहा बच्चालाई जन्म दिएकी थिईन्। उनको छोराको नाम शाहरान(Shahraan) र छोरीको नाम इकरा(Iqra) हो।
सञ्जय दत्तलाई भेट्नु अघि र विवाह अगाडी मान्यता हिन्दी फिल्ममा काम गरिरहेकी थिईन्। उनी हिरो निमित वैष्णवसँग ‘लवर्स लाइक अस(Lovers Like Us)’ मा अभिनय गर्दै थिईन्। विवाहपछि सञ्जय दत्तले ‘लवर्स लाइक अस’ फिल्मको राइट्स २० लाख भारुमा खरिद गरेका थिए।
मान्यता पहिले देखि नै अभिनेत्री बन्न चाहन्थिन्। यसकारण विवाह र बच्चा भसकेपछि पनि आफ्नो शरीरलाई पूरा ध्यान दिन्छिन्।
४३ वर्षको उमेरमा पनि उनी कुनै जवान युवती भन्दा बिल्कुलै कम देखिदैन्। यस कुराको प्रमाण हो उनको सोशल मिडिया। मान्यताको इन्स्टाग्राम हेरेमा जोकोहीँ पनि उनको सुन्दरताको प्रशंसा नगरी बस्न सक्दैनन्। उनले यो घर्किदो उमेरमा पनि लोभलाग्दो जिउडाललाई कायम राखेकी छिन्। ।