एजेन्सी : बलिउड अभिनेत्री देसी गर्ल प्रियंका चोपडा(Priyanka Chopra) आफ्नो ड्रेसको करण चर्चामा आउँछिन्। खास गरेर उनले रेड कार्पेटमा लगाएको ड्रेसको धेरै चर्चा भएको थियो । प्रियंका त्यस समय बोल्ड ड्रेसमा निकै कन्फिडेन्ट देखिएकी थिइन् । हालै प्रियंकाले कान्स फिल्म फेस्टिवलसँग सम्बन्धित किस्सा शेयर गरेकी थिइन् ।
प्रियंका चोपडा सामाजिक संजालमा निकै सक्रिय रहन्छिन् । प्रियंका प्राय: आफ्नो फ्यानसँग पुरानो याद साझा गर्छिन् । हालै प्रियंकाले आफ्नो उप्स मोमेन्टको शिकार हुँदा हुदै पनि त्यसबाट बचेको बताएकी छन् ।
प्रियंका चोपडाले हालै आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमार्फत एक फोटो शेयर गरेकी छन् । यस तस्वीरसँग प्रियंकाले एक किस्सा पनि साझा गरेकी छन् । प्रियंकाले यस तस्विरको क्याप्शनमा लेखेकी छन् , ‘बाहिरबाट म शान्त देखिएकी छु, तर कसैलाई थाहा छैन कि म भित्रदेखि विचलित छु । यस ड्रेसको चेन टुटेको थियो ।’
प्रियंकाले अगाडी लेखिन् ,’ यो अघिल्लो वर्ष कान्समा रेड कार्पेटमा जानुभन्दा अगाडी केही मिनेट बाँकी हुँदाको हो ।’ प्रियंकाले यो पनि बताईन् कि उनको टीमले ५ मिनेट मै सिलाउन चिटिक्क पारे !’
प्रियंका चोपडाले आफ्नो मेमोइर ‘अनफिनिश्ड(Unfinished)’ मा कैयौँ किस्सा साझा गरिन् । उनले आफ्नो मिस वर्ल्डदेखि मेट गालासम्मको अनुभवहरु साझा गरिन्। प्रियंकाको कामको कुरा गर्दा उनी छिट्टै हलिउड फिल्म र सीरीजमा देखिदै छिन् । हाल उनी शूटिङमा व्यस्त छिन् ।