एजेन्सी : बलिउडमा विगत केही वर्षदेखि थुप्रै सेलेब्सको विवाहको लहर चलेको छ। दीपिका-रणवीर, प्रियंका-निक, विराट-अनुष्का पछि भर्खरै मात्र वरुण-नताशा पनि विवाह बन्धनमा बाँधिए। यद्यपि अझै पनि यस्ता धेरै स्टार छन् जसको विवाहको उमेर भइसकेको त छ तर उनीहरूले आफ्नो जीवनसाथी फेला पारेका छैनन्। आज हामी तपाईंलाई बलिउड र टिभीका त्यस्तै अभिनेत्रीहरूको बारेमा बताउन जानेछौं जो ३५ वर्ष नाघिसकेका छन्, तर अझै कुमारी छन्।
तबु(Tabu) :
बलिउडकी प्रतिभाशाली अभिनेत्री तबुले अझै विवाह गरेकी छैनन्। फिल्म ‘विजयपथ(Vijaypath)’ बाट तबुले फिल्म जगतमा पाइला राखेकी हुन्। तबु बलिउडमा एकसे एक पात्रको भूमिकामा देखिएकी छिन्। उनको नाम एक समय अजय देवगनसँग जोडिएको थियो तर अजय काजोलसँग प्रेममा थिए। त्यसैले उनले काजोललाई विवाह गरे। अहिले तब्बू ५० वर्षकी भइसकिन् तर अविवाहित नै छिन्।
नरगिस फाखरी(Nargis Fakhri) :
‘रकस्टार(Rockstar)’ फिल्मबाट दर्शकको मन-मुटुमा बस्न सफल नर्गिसले बलिउडमा कम हिटहरू दिएतापनि उनी इन्डस्ट्रीको प्रख्यात नाम हो। नार्गिस अहिले ४१ वर्षकी भईन् तर पनि अहिलेसम्म सिंगल नै छिन्।
शमिता शेट्टी(Shamita Shetty) :
शारारा … शारिता बोलको गीतबाट दर्शकलाई मोहित बनाउन सफल शमिता अहिलेसम्म विवाहको बन्धनमा बाँधिएकी छैनन्। उमेरले ४२ नाघिसकेकी शमिताले अहिलेसम्म आफूलाई सुहाउने जीवनसाथी फेला पार्न सकेकी छैनन्।
मौनी रोय(Mouni Roy) :
नागिन टिभी सिरियलबाट प्रख्यात भएकी मोनी रोय उमेरले ३५ वर्षकी भईन्। तर अहिलेसम्म पनि उनी कुमारी नै छिन्। यद्यपि खबर छ कि उनी चाँडै नै बिहे गर्दै छिन्। तर उनको पक्षबाट यस समाचारको बारेमा आधिकारिक जानकारी भने आएको छैन।
सुष्मिता सेन(Sushmita Sen) :
पूर्व मिस युनिभर्स र बलिउडको प्रसिद्ध अभिनेत्री सुष्मिता सेनले आफ्नो अभिनयले सबैको मन जितिन्। उनको बलिउड करियर पनि धेरै नै शानदार छ, तर उनले अहिलेसम्म बिहे गरेकी छैनन्। सुष्मिताको नाम धेरै बलिउड कलाकारहरूसँग जोडियो तर उनले विवाह भने अहिलेसम्म गरेकी छैनन्।