एन्जेलिना जोलीले गरिन् सबैभन्दा खतरनाक फोटोशूट, १८ मिनेटसम्म आफ्नो शरीरमा राखिन् मौरीलाई

एजेन्सी : हलिउड स्टार एन्जेलिना जोली(Angelina Jolie) सामाजिक कार्य र पर्यावरण संरक्षणको लागि गरेको योगदानको लागि चर्चामा हुन्छिन्। हालै एन्जेलिना मौरीपालन(Beekeeping)लाई बढावा दिने कार्यमा अग्रसर भएकी छिन्।

यसकै लागि उनले एक अत्यन्तै खतरनाक फोटोशूट पनि गरेकी छिन्। एन्जेलिनाले आफ्नो शरीरमा १८ मिनेटसम्म मौरीलाई बस्न दिईन्। र यसबीच उनलाई कुनै पनि मौरीले टोकेन्।

एन्जेलिनाले नेशनल ज्योग्राफ‍िक म्यागजिन(National Geographic Magazine)को लागि यो फोटोशूट गराएकी हुन्। यो फोटोशूट वर्ल्ड बी डे(World Bee Day-May-20) मा मौरीपालनलाई प्रोत्साह‍ित गर्नको लागि गरिएको थियो। फोटोशूटको तस्बिरले मानिसहरुलाई चकित पारेको छ।

तस्बिरमा तपाईले स्पष्ट देख्नसक्नुहुन्छ कि एन्जेलिनाले अफ-शोल्डर व्हाइट ड्रेस लगाएकी थिईन्। मौरीलाई आफ्नो शरीरमा जताततै हिड्न दिएर फोटोशूट गराउनु चानचुने कुरा होइन्। यो काम ठुलो साहस चाहिन्छ, जुन एन्जेलिनाले गरेर देखाएकी छिन्। उनको अनुहारमा त्यो साहस प्रष्ट देख्न सकिन्छ।



प्रकाशित : शनिबार, जेठ ०८, २०७८१४:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शाहरुखले आफ्नी प्यारी एक्ली छोरीलाई डेट गर्न चाहनेलाई राखेका छन् यस्ता ७ अनौठा नियम