कुनैबेला लाजले भुतुक्कै हुने दिशालाई यो घटनाले बनायो अभिनेत्री, रोचक छ कहानी

एजेन्सी : बलिउड एक्ट्रेस दिशा पाटनी(Disha Patani) ले फिल्म इन्डस्ट्रीमा आफ्नो एक अलग पहिचान बनाईसकेकी छिन्। उनी सलमान खानसँग फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe : Your Most Wanted Bhai)’देखिएकी थिईन्। दिशाको भनाई अनुसार उनले कहिल्यै पनि अभिनेत्री बन्नेबारे सोचेकी थिईनन्। उनी पहिले अत्यन्तै लजालु थिईन्।

दिशाले सञ्चारमाध्यमसँग कुरा गर्दै आफू एयरफोर्स पाइलट बन्न चाहेको खुलासा गरेकी थिईन्। आफ्नो करियरको बारेमा दिशाले भनिन् – “मैले अहिलेसम्म जुन लोकप्रियता पाए र जुन ठाउँमा छु, त्यसको लागि आफूलाई भाग्यमानी ठान्छु। म अत्यन्तै खुशी र सन्तुष्ट छु।”

उनले भनिन्  – “मैले हिरोइन बन्ने बारे कहिल्यै सोचेकी थिईन्। कहिल्यै सोचेकी थिईन कि क्यामराको अगाडी अभिनय गर्नेछु। बाल्यकालदेखि नै एयरफोर्स पाइलट बन्ने मेरो सपना थियो, तर अब यस्तो हुने वाला छैन।”

दिशाले मोडेलिङबाट आफ्नो करियर सुरु गरेकी थिईन्। सन् २०११ मा लखनऊको एमिटी युनिभर्सिटी(Amity University) मा बायोटेक अध्ययन गर्दै गर्दा उनले मोडेलिङमा हात हालेकी थिईन्। लखनऊमा कलेज पढ्दै गर्दा फेयरवेल पार्टीमा दिशालाई मिस कलेज छनोट गरिएको थियो। त्यसपछि उनले मिस लखनउ प्रतियोगितामा भाग लिईन्।

मिस लखनऊपछि दिशा पेन्टालून्स फ्रेस फेस हन्ट(Pantaloons Fresh Face Hunt) मा फर्स्ट रनरअप बनिन्। सन् २०१३ मा उनी पोन्ड्स फेमिना मिस इन्डिया इन्दोर (Pond’s Femina Miss India Indore) मा पनि फर्स्ट रनरअप बन्न सफल भईन्।

मोडेलिङबाट अभिनयको दुनियाँमा प्रवेश गरेकी दिशाले थुप्रै हिट फिल्महरु काम गरिसकेकी छिन्। ‘राधे : योर मोस्ट वान्टेड भाई’ बाहेक उनी सलमान खानसँग फिल्म ‘भारत(Bharat)’ मा काम गरिसकिन्। यसबाहेक दिशा ‘एक भिलेन २(Ek Villain 2)’ मा पनि काम गर्दै छिन्। दिशा फिल्मका साथ-साथै टाइगर श्रफसँगको सम्बन्धको कारण पनि चर्चाको केन्द्रमा हुन्छिन्।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८२०:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

१५ करोड भारुको ड्रेस लगाएपछि उर्वशीको चौतर्फी चर्चा, १ वर्ष लागेको थियो बनाउन