एजेन्सी : बलिउड अभिनेत्री उर्वशी रौटेला आफ्नो सुन्दर मुहार र शानदार जीवनशैलीको कारण खुब चर्चामा हुन्छिन्। उर्वशी रौटेलाले बलिउडमा थुप्रै फिल्महरुमा काम गरिसकेकी छिन् तर उनले सोचेजस्तो लोकप्रियता हासिल गर्न सकिनन्। उर्वशीले बलिउडमा आफ्नो खास पहिचान बनाउन नसकेपनि विदेशमा उनी निकै लोकप्रिय छिन्।
प्राय: उनी विदेश भ्रमणमा गईरहन्छिन् र शूट पनि गर्छिन्। उर्वशी दुबईको ब्राण्ड एम्बेसडर पनि हुन्। एक पटक फेरी पनि उर्वशी एक खास कारणले चर्चामा छिन्।
हालै उर्वशी रौटेलाको इन्टरनेशनल सङ ‘वर्साचे बेबी’ रिलिज भएको छ। जुन सोशल मिडियामा ट्रेन्ड बनिरहेको छ। यस गीतमा उर्वशी इजिप्सियन सुपरस्टार मोहम्मद रमदान(Mohamed Ramadan) सँग देखिएकी छिन्। यो गीतमा उर्वशीले धेरैपटक ड्रेस परिवर्तन गरेकी छिन्।
जसको चर्चा अहिले चौतर्फी भईरहेको छ। सञ्चारमाध्यमहरुका खबरअनुसार यो गीतमा उर्वशीले लगाएको कपडा मूल्य लगभग १५ करोड रुपैयाँ पर्छ। जस कारण उर्वशीको यो गीत सबैभन्दा महँगो गीतमा परेको छ।
‘वर्साचे बेबी’ गीत रिलिज भएसँगै उर्वशीले लगाएको ड्रेसको चर्चा चुलिएको छ। उनले लगाएको ड्रेस दोनतीला वर्साचेले डिजाइन गरेका हुन्। ६ मिनेटको यो गीतको लागि यो कपडा डिजाइन गर्न लगभग एक वर्ष लागेको बताईएको छ। यो ड्रेसलाई अत्यन्तै शानदार तरिकाले डिजाइन गरिएको छ।
उर्वशीको वर्कफ्रन्टको कुरा गर्ने हो भने उनी छिट्टै वेबसिरिज ‘इन्स्पेक्टर अविनाश(Inspector Avinash)’ मा अभिनेता रणदीप हुड्डा(Randeep Hooda)सँग देखिँदै छिन्। र उर्वशी तमिल फिल्ममा पनि डेब्यु गर्ने तयारीमा छिन्।
यो एक बिगबजेट साईफाई फिल्म हुनेछ, जसमा उर्वशी एक आईआईटीइन र माइक्रोबायोलोजिस्टको भूमिकामा देखिनेछिन्। उनी बाइलिंगुअल थ्रिलर ‘ब्ल्याक रोज’ र ‘थिरुतु पायले २’ को हिन्दी रिमेकमा पनि देखा पर्नेछिन्।