यी सुपरस्टार्स यस्तो फिल्ममा काम गरेकोमा मान्छन् पछुतो, उनीहरु आफैं हेर्न चाहँदैन ती फिल्म

एजेन्सी : बलिउडमा हरेक खाले फिल्महरु बन्छन् र रिलिज हुन्छन्। केही हिट हुन्छन् त केही फ्लप पनि हुन्छन्। फिल्ममा दमदार स्टारकास्टको बाबजूद पनि फिल्म फ्लप भएको तपाईले पक्कै सुन्नुभएको होला। कहानी गतिलो नहुँदा तपाईलाई पनि कतिपय सुपरस्टार्सको फिल्म मन नपरेको होला।

फिल्ममा सुपरस्टार्सको उपस्थिति भए पनि फिल्मको कहानी, अभिनय, निर्देशन र सङ्गीत दरिलो नहुँदा फिल्म फ्लप हुने गर्छन्। एउटा फिल्म बनाउन करौडौं रुपैयाँ खर्च हुन्छ। एउटा फिल्मको लागि स्टार्सले पनि मोटो रकम लिने गर्छन्, तर धेरै पटक फ्लप फिल्म पनि दिन्छन्।

सलमान खानदेखि प्रियंका चोपडा, अक्षय कुमार, सैफ अलि खान र दीपिका पादुकोणले आफ्नो फिल्मी करियरमा यस्ता फिल्महरु बलिउडलाई दिएका छन्, जुन फिल्म उनीहरु स्वयम् हेर्न चाहँदैनन्। शायद उनीहरुले अझैँ पनि ती फिल्ममा काम गरेर पश्चाताप अनुभूति भईरहेको होला।

बलिउड एक्ट्रेस दीपिका पादुकोण(Deepika Padukone) यस सूचीमा सामेल छिन्। दीपिकाले अक्षय कुमारसँग फिल्म ‘चाँदनी चोक टु चाइना(Chandni Chowk to China)’ काम गरेकी थिईन्। बलिउडमा डेब्यु गरेको दुई वर्षपछि दीपिकाले यो फिल्ममा काम गरेकी थिईन्। तर फिल्मबाट उनले दर्शकको मन जित्न सकिनन्।

शायद दीपिकालाई यस फिल्ममा काम गरेकोमा अहिलेपनि अफसोस भईरहेको हुनुपर्छ। दीपिका पादुकोण अहिले बलिउड फिल्म इन्डस्ट्रीको टप एक्ट्रेस मध्ये एक हुन् र एउटा फिल्ममा काम गरेबापत करौडौं रुपैयाँ पारिश्रमिक लिन्छिन्।

सलमान खान(Salman Khan) को अघिल्लो वर्ष रिलिज भएको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe: Your Most Wanted Bhai)’ लाई आईएमडिबी(IMDb)-इन्टरनेट मूवी डाटाबेसले १.८ रेटिङ दिएको छ। सलमान खानले फिल्म ‘मेरीगोल्ड(Marigold)’ नामक फिल्ममा काम गरेका थिए, जुन पर्दामा बिल्कुलै चलेको थिएन्।

सन् २००७ मा रिलिज भएको यो फिल्म नराम्ररी फ्लप भएको थियो। यो फिल्ममा अमेरिकन एक्ट्रेस एली लार्टर(Ali Larter)ले प्रमुख भूमिका निभाएकी थिईन्। उनले यस फिल्ममा सलमान खानसँग रोमान्स गरेकी थिईन्। फिल्ममा कहिले हलमा रिलिज भयो अनि कतिबेला गायब भयो दर्शकले अत्तोपत्तो पाएनन्।

अघिल्लो वर्ष बलिउडको चार्मिङ एक्टर सैफ अलि खान(Saif Ali Khan)को वेब सिरिज ‘ताण्डव(Tandav)’ रिलिज भएको थियो, जसमा उनको अभिनयलाई दर्शकले अत्यधिक मन पराएका थिए। सैफले इन्डस्ट्रीमा थुप्रै सुपरहिट फिल्म दिएका छन् र साथै फ्लप फिल्महरु पनि दिएका छन्।

सैफ अलि खानले फिल्म ‘हमशकल्स(Humshakals)’ मा प्रमुख भूमिका निभाएका थिए, जसमा रितेश देशमुख पनि थिए। साजिद खान(Sajid Khan)द्वारा निर्देशित यो फिल्मलाई आईएमडिबीले १० मा १.८ रेटिङ दिएको थियो।

बलिउडको खिलाडी अक्षय कुमार(Akshay Kumar) पनि सूचीमा सामेल छन्। उनले ‘जोकर(Joker)’ नामक फिल्ममा काम गरेका थिए, जुन थिएटर्समा बिल्कुलै चलेन। अक्षयलाई यो फिल्म गरेकोमा पछुतो पनि होला। कोरियोग्राफर फराह खान(Farah Khan)का पति शिरिष कुन्दर(Shirish Kunder) ले यो फिल्म निर्देशन गरेका थिए। फिल्ममा सोनाक्षी सिन्हा(Sonakshi Sinha) पनि प्रमुख भूमिकामा थिईन्।

ग्लोबल स्टार प्रियंका चोपडा(Priyanka Chopra) पनि यस सूचीमा सामेल छ्न। आफ्नो अभिनय र ग्लामरस लुकको कारण प्रियंका प्राय: चर्चाको केन्द्रमा रहन्छिन्। तर के तपाईलाई थाहा छ प्रियंकाको एक फिल्म रिलिज भएको थियो, जसको नाम थियो ‘लव स्टोरी २०५०(Love Story 2050)’ । यसमा प्रियंका र हरमन बवेजा(Harman Baweja) को जोडीलाई अत्यन्तै मन पराईएको थियो तर फिल्म फ्लप भएको थियो।

प्रकाशित : बिहिबार, जेठ ०६, २०७८१२:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ठूला स्तनकै कारण बलिउडमा छाईरहे यी ६ अभिनेत्री, उनिहरुलाई देखेर जो पनि हुन्छन फिदा!