थ्रिसममा मस्त थिए सिङ्गर, अचानक पत्नी आउँदा ५ तलाबाट हाम फाले…त्यसपछि जे भयो !

एजेन्सी : ब्राजिलियन सिङ्गर तथा सोशल मिडिया स्टार एमसी केविन(Mc Kevin) ले होटेलको पाँचौं तलाबाट हाम फालेर ज्यान दिएका छन्। उनले आफ्नो गर्लफ्रेन्डसँग दुई हप्ता अघि मात्र विवाह गरेका थिए। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार केविन नास्सिमेन्टु बुएनो(Kevin Nascimento Bueno) उर्फ एमसी केविनलाई चिकित्सकले मृत घोषित गरेका छन्।

रिपोर्टस अनुसार यो घटना घटेको केही समयपछि नै घटनास्थलमा फायर ब्रिगेड पुगेको थियो, जसले २३ वर्षीय सिङ्गरलाई अस्पताल लिएर गयो। केविनको हालत एकदमै नाजुक थियो। अस्पताल लगेको केही समयमै उनले प्राण त्यागे।

केविन पत्नीसँग रिओ दे जनेरो(Rio de Janeiro) स्थित होटेलको ११ औँ तलाको रुममा बस्दै आएका थिए। सोही होटेलको ५ औँ तलामा उनको एक साथी पनि बस्दै आएका थिए, त्यहींबाट हाम फालेर केविनले प्राण त्यागेका हुन्।

यस घटनाबारे प्रहरी अधिकारीले विस्तृतमा छानविन गरिरहेका छन्। यहीँ महिनाको सुरुवातमा एमसी केविन गर्लफ्रेन्ड डियालेन बेजेरा(Deolane Bezerra) सँग वैवाहिक बन्धनमा बाँधिएका थिए। डियालेन पेशाले आपराधिक विशेषज्ञ वकील(Criminal Defense Lawyer) हुन्।

एमसी केविनको निधनपछि पत्नी डियालेनले एक ब्ल्याक एण्ड व्हाइट फोटो सोशल मिडियामा पोस्ट गरेकी छिन्। फोटो पोस्ट गर्दै उनले पतिलाई हार्दिक श्रद्धाञ्जली व्यक्त गरेकी छिन् र साथै एक नोट पनि लेखेकी छिन्।

डियालेनले पोर्चुगीज भाषा(Portuguese language)मा  इमोशनल पोस्ट लेखेकी छिन्। ब्राजिलियन सिङ्गर एमसी केविनको गज्जबको फ्यानबेस थियो। स्पोटिफाईमा मासिक १८ लाखले उनलाई सुन्ने गर्थे। र इन्स्टाग्राममा पनि उनलाई लगभग १० मिलियनले पच्छ्याएका छन्। केविन पलिस्ता जनरा(Paulista Genre) म्युजिकको लागि चर्चित थिए।

उनका गीतका शब्दहरु प्राय: कार्स, मोटरबाइक्स र ड्रिङ्किङ र महिलाबारे हुन्थ्यो। डेलीमेलका अनुसार केविन २६ वर्षीय मोडेल बियांका डोमिङ्ग्स(Bianca Domingues) र आफ्नो साथी भिक्टर फोन्टेनेल(Victor Fontenelle) सँग थ्रिसम गर्दै थिए र आफ्नो पत्नीले रङ्गेहात समातिने डरले आतिएर बाल्कोनीबाट खसेका हुन्।

प्रकाशित : बुधबार, जेठ ०५, २०७८११:११

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यी सुपरस्टार्स यस्तो फिल्ममा काम गरेकोमा मान्छन् पछुतो, उनीहरु आफैं हेर्न चाहँदैन ती फिल्म