आधा रातमा राहुल वैद्यलाई गर्लफ्रेन्ड दिशा परमारको यादले सताएपछि….

एजेन्सी : बिग बोस १४ (Bigg Boss – 14) को रनरअप राहुल वैद्य(Rahul Vaidya)लाई आफ्नो गर्लफ्रेन्ड दिशा परमार(Disha Parmar)को यादले धेरै सताईरहेको छ। किनकी उनी अहिले साउथ अफ्रिका(South Africa) को केपटाउन(Cape Town) मा एडभेन्चर रियालिटी शो खतरों के खिलाडी ११(Khatron Ke Khiladi 11) को शूटिङ गरिरहेका छन् भने उनकी गर्लफ्रेन्ड दिशा परमार मुम्बईमा छिन्।

उनी भिडियो कलमार्फत दिशासँग निकटताको महसुस गरिरहेका छन्। राहुल आफ्नो नयाँ शो खतरों के खिलाडीको कारण चर्चाको केन्द्रमा छन्। उनी सामाजिक सञ्जालमा अत्यधिक सक्रिय छन् र आफ्नो हरेक पल फ्यान्सहरुमाझ शेयर गरिरहन्छन्।

शनिबार आधा रातमा राहुल वैद्यले आफ्नो सोशल मिडिया अकाउन्ट इन्स्टाग्राम स्टोरीमा एक स्क्रिनशट शेयर गरेका थिए। जुन स्टोरीमा उनलाई दिशासँग भिडियो कलमा कुरा गरेको देख्न सकिन्छ। आधा रातमा भिडियो कल गरेको स्क्रिनशटमा राहुललाई बेडमा पल्टिरहेको देख्न सकिन्छ भने दिशा बसिरहेकी छिन् र राहुललाई देखेर अत्यन्तै खुशी छिन्। आफ्नो स्टोरीमा राहुलले दिशा परमारलाई पनि ट्याग गरेका छन्।

यहीँ महिनाको सुरुवातमा राहुल केप टाउन गएका थिए र दिशा एयरपोर्टसम्म छोड्न आएकी थिईन्। उनले त्यतिबेला राहुललाई गिफ्ट दिएर सरप्राइज पनि गरेकी थिइन्। दिशाले एक लक्जरी घडी राहुललाई गिफ्ट गरेकी थिईन्, जसको मूल्य लगभग ७० हजार भारु थियो।

दिशाले राहुलको लागि एक रोमान्टिक लेटर पनि लेखेकी थिईन् – “एक सानो गिफ्ट किनकी तपाई अर्को एडभेन्चर्स जर्नीमा जाँदैहुनुहुन्छ र पक्कै पनि तपाईले तहल्का मच्चाउनुहुनेछ। धेरै धेरै माया….दिशा परमार(A small gift because you are going to go to another adventurous journey and obviously you will rock in it. I love you very much .. Disha Parmar)”

राहुल वैद्यको वर्कफ्रन्टको कुरा गर्ने हो भने ‘खतरों के खिलाडी ११’ बाहेक आफ्नो आगामी प्रोजेक्टको कारण पनि खुब चर्चामा छन्। जसमा रश्मि देसाई(Rashami Desai) र राहुल वैद्य एकसाथ देखिनेछन्। राहुल र दिशा छिट्टै वैवाहिक बन्धनमा बाँधिने तयारीमा छन्।

प्रकाशित : मङ्गलबार, जेठ ०४, २०७८१२:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

थ्रिसममा मस्त थिए सिङ्गर, अचानक पत्नी आउँदा ५ तलाबाट हाम फाले…त्यसपछि जे भयो !