‘वेश्या’ भनेपछि रिसले आगो भईन् यस अभिनेत्री……दिईन् मुखभरी जवाफ

एजेन्सी : साउथ इन्डस्ट्रीको चर्चित अभिनेत्री रश्मिका मण्डना(Rashmika Mandanna) ले फिल्म छालो(Chalo) बाट सन् २०१८ मा तेलुगु फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी हुन्। तर गीथा गोविन्दम(Geetha Govindam) बाट उनी लाइमलाइट आइन्। छोटो समयमै रश्मिकाले लोभलाग्दो लोकप्रियता हासिल गरिन्। अहिले उनलाई इन्स्टाग्राममा करौडौंले पच्छ्याउने गर्छन्। तर हालै उनी ट्रोलिङको शिकार भएकी छिन्।

ट्रोलरले उनको बाल्यकालका तीन फोटो कोलेज गरी उनलाई ‘वेश्या’ करार गरेका छन्। ट्रोलरले फोटोमा लेखेका छन् – ‘कसलाई थाहा थियो होला र यो सानी फुच्ची भविष्यमा अन्तर्राष्ट्रिय वेश्या हुन्छे भनेर।(Who knew this little girl here would be a International Dagar in the Future.)’ कन्नड भाषामा ड्यागर(Dagar) को मतलब वेश्या(Prostitute) हुन्छ।


आफू ट्रोल भएको थाहा पाएपछि रश्मिकाले ट्रोलरलाई मुखभरी जवाफ दिएकी छिन्। उनले लेखेकी छिन् – ‘मलाई थाहा छैन कि तपाईहरुले हामी एक्टरहरुलाई यस्तो गरेर के पाउनुहुन्छ । के हामी सजिलो टार्गेट भएको कारण यस्तो भएको हो। हामी पब्लिक फिगर भए भन्दैमा निर्दयतापूर्वक टार्गेट गर्न त भएनन् नि। धेरैले भन्ने गर्छन् नकारात्मक प्रतिक्रियालाई बेवास्ता गर्नुपर्छ। सामान्यतया: म बेवास्ता गर्छु। तपाईहरुले हाम्रो कामको बारेमा जे पनि भन्न सक्नुहुन्छ, तपाईमा अधिकार निहित छ। तर कसैलाई पनि हाम्रो परिवार र व्यक्तिगत जीवनको बारेमा नानाथरी भन्ने अधिकार छैन। कुनै पनि कलाकारलाई यस्तो बकवास स्वीकार्य हुनेछैन। किनकी म भन्छु नि कलाकार बन्नु कति कठिन काम हो भनेर। हरेक पेशाको सम्मान गर्नुपर्छ। मेरो विचारमा मानिसहरुले एक-अर्कालाई सम्मान गर्नुपर्छ।’

“I don’t know what you guys get out of doing this to us actors. Is it because we are the soft targets for you? The public figure doesn’t mean you can target us ruthlessly. A lot of you keep saying- ignore the bad comments or trolls and I generally ‘do’. Say anything you want about our work- you have the right but no one has any right to say anything about our families or our personal lives. No actor deserves this crap. Because let me tell you this, being an actor is not easy. Each and every profession deserves the utmost respect. I think people should first start respecting one another.”

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१९:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आधा रातमा राहुल वैद्यलाई गर्लफ्रेन्ड दिशा परमारको यादले सताएपछि….