‘बाहुबली’ को देवसेनाको लकडाउनमा बदलियो लुक, आश्चर्यचकित परे फ्यान्स

एजेन्सी : बाहुबली फेम साउथ मूवी एक्ट्रेस अनुष्का शेट्टी(Anushka Shetty)को गन्ती सुपरहिट एक्ट्रेसेसमा हुन्छ। उनले करौडौं मानिसको दिलमा राज गरेकी छिन्। उनको सुन्दरतामा हरकोहीं फिदा हुन्छन्। फिल्म ‘बाहुबली’ ले उनलाई निकै लोकप्रियता दिलायो। फिल्ममा उनको सुन्दरताको धेरै तारिफ भएको थियो। अहिले सामाजिक सञ्जालमा उनको एक तस्बिर भाइरल भईरहेको छ, जसमा उनको लुक पूर्ण रुपमा बदलिएको देख्न सकिन्छ।

अनुष्का शेट्टीको भाइरल तस्बिर देखेर उनका फ्यान्स चकित परेका छन्। यस तस्बिरमा अनुष्का धेरै बदलिएको देख्न सकिन्छ। उनको वजन धेरै बढेको छ। उनको यस्तो हालत देखेर अधिकांस छक्क परेका छन्। उनका यी तस्बिर अहिले सामाजिक सञ्जालमा निकै भाइरल भईरहेको छ। यद्यपि केहीले उनको बिना मेकअप लुकको तारिफ गरेका छन्। उनको मन्द मुस्कान र प्राकृतिक सुन्दरताको बयान गर्दै मानिसहरुले प्रतिक्रिया दिएका छन्।

अनुष्का शेट्टीले १७ वर्ष अघि फिल्मी दुनियाँमा कदम राखेकी थिईन्। त्यतिबेला उनी अत्यन्तै सोझी थिईन्। त्यसपछि उनले कैयन् फिल्ममा खुलेर निर्धक्क साथ सिनहरु दिन थालिन्, जसले मानिसहरुको होशहवास उडाउने गर्थ्यो। उनको लोभलाग्दो सुन्दरता देखेर फ्यान्स कायल हुने गर्छन्। सन् २०१५ मा फिल्म ‘साइज जिरो(Size Zero)’ को लागि अनुष्काले करिब २० किलो तौल बढाएकी थिईन्। उनको लुक देखेर त्यतिबेला सबैजना आश्चर्यमा परेका थिए। त्यसपछि फिल्म ‘बाहुबली’ को लागि उनले आफ्नो वजन कम गरेकी थिईन्। एक पटक फेरि पनि उनको बढेको वजन देखेर फ्यान्स चकित परेका छन् र अनेक अड्कलबाजी गर्न थालेका छन्।

वर्कफ्रन्टको कुरा गर्ने हो भने अनुष्का शेट्टी पछिल्लो पटक फिल्म निशब्दम(Nishabdham) मा देखिएकी थिईन्। यस फिल्ममा उनीसँग आर.माधवन(R. Madhavan) र शालिनी पाण्डे(Shalini Pandey) प्रमुख भूमिकामा थिए। कोभिडको कारण फिल्म ओटिटी प्लाटफर्ममा रिलिज गरिएको थियो। यसको साथै उनी छिट्टै तेलुगु फिल्म स्टार पोलीशेट्टी(Naveen Polishetty) सँग फिल्ममा देखिनेछिन्।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१६:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोकै बस्न सक्छिन् तर सेक्-/स बिना दिन काट्न सक्दिनन् यस अभिनेत्री, ४० दिनसम्म मनाएकी थिईन् हनिमुन