शाहरुख खानको कार्बन कपी हुन् आर्यन, ग्राजुयशनको तस्बिरले झुक्कायो सबैलाई

एजेन्सी :  आर्यन खान शाहरुख खानको जेठो छोरा हुन्। फिल्मबाट टाढा भएपनि उनको राम्रो फ्यान फलोइङ छ। सञ्चारमाध्यमबाट पनि उनले दूरी बनाएका छन्। आर्यन सामाजिक सञ्जालमा खासै सक्रिय छैनन्। फ्यान्स उनको एक झलक पाउनको लागि निकै बैचेन रहन्छन्। अहिले आर्यनको एक तस्बिर सामाजिक सञ्जालमा भाइरल भईरहेको छ, जहाँ तपाईले आर्यन खानलाई ग्राजुयशन रोबसँग देख्न सक्नुहुनेछ। उनले दक्षिणी क्यालिफोर्निया युनिभर्सिटी(University of Southern California) बाट ग्राजुयशन गरेका हुन् र त्यहाँ फिल्ममेकिङ अध्ययन गरिरहेका थिए।

फोटोमा आर्यन बिल्कुलै आफ्नो पिता शाहरुख खान जस्तै देखिएका छन्। आर्यनका यी तस्बिर सोशल मिडिया प्लाटफर्ममा भाइरल भईरहेको छ। ग्राजुयशनमा आर्यनको पूरा नाम आर्यन शाहरुख खान थियो। उनले आफ्नो ग्राजुयशन सन् २०२० मा कम्प्लिट गरेका थिए, जसमा डिग्री अफ फाइन आर्ट्स, सिनेम्याटिक आर्ट्स, फिल्म एण्ड टेलिभिजन प्रडक्सन सामेल छन्।

प्रकाशित : सोमबार, जेठ ०३, २०७८१४:५२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

‘बाहुबली’ को देवसेनाको लकडाउनमा बदलियो लुक, आश्चर्यचकित परे फ्यान्स