सबैभन्दा महँगा बडीगार्ड : यी ५ स्टारले बडीगार्डलाई दिन्छन् करोडौँ रुपैयाँ

एजेन्सी : सेलिब्रेटी भएपछि घर बाहिर खुल्ला रुपमा हिड्न निकै गाह्रो हुन्छ । यस्तो अवस्थामा आफ्नो सुरक्षाको लागि बडिगार्ड राख्ने गर्छन् । त्यस्तै बलिउडका केही स्टारहरु जसले आफ्नो बडिगार्डको लागि महँगो पारिश्रमिक तिरेका छन् । हेरौँ को-को हुन् ती जसले बडीगार्डको लागि करोडौँ खर्चेका छन् ।

सलमान खान(Salman Khan) :

बलिउडका स्टार सलमान खानले पनि आफ्नो छुट्टै बडीगार्ड राखेका छन् । उनले आफ्नो अन्य खर्च भन्दा धेरै रकम बडीगार्डको लागि खर्चेका छन् । विभिन्न कारण विवादमा आइरहने सलामानले आफ्नो लागि २० वर्ष देखि नै बडिगार्ड राखेका हुन् । सलमानले बडिगार्डको लागि २ करोड भारतीय रुपैया वार्षिक रुपमा दिँदै आएका छन् भने बडिगार्डका छोरालाई बलिउडमा डेब्यु गराउने तयारीमा रहेका छन् ।

अक्षयकुमार(Akshay Kumar) :

बलिउडका खेलाडी भनेर चिनिने अक्षयकुमारले पनि आफ्नो बडिगार्डको लागि ठूलै रकम खर्च गर्ने गरेका छन् । उनी अहिले श्रेयासे थेले अकाले मार्फत आफुलाई सुरक्षित रहेको अनुभूति गरिरहेका छन् । उनले बार्षिक रुपमा २० लाख भारतीय रुपैयाँ श्रेयासे थेलेलाई दिने गरेका छन् । उनले वर्षमा तीन चार वटा हिट फिल्महरु दिँदै आएका छन् ।

शाहरुख खान(Shah Rukh Khan) :

बलिउडका किङ शाहरुख खानले रोमान्टिक विधाका फिल्महरु लिएर दर्शक माझ आउने गरेका छन् । आफ्नो सुरक्षाको लागि सावधान रहेका शाहरुखले हरेक वर्ष आफ्नो सुरक्षा गार्ड रवि सिंहलाई २ करोड ५० लाख तलब दिने गरेका छन् ।

अमिताभ बच्चन(Amitabh Bachchan) :

बलिउडका सदाबहार अभिनेता अमिताभ बच्चन ७५ वर्ष पार गरिसक्दा पनि दर्शक माझ उनको क्रेज उत्तिकै रहेको छ । सुरक्षाको लागि खर्च गर्ने पाँच स्टार मध्येका एक अमिताभले आफ्नो बडिगार्ड जितेन्द्र सिन्द्रेलाई वार्षिक १ करोड ५० लाख भारतीय रुपैयाँ दिने गरेका छन् ।

आमिर खान(Aamir Khan) :

बलिउडमा मिस्टर पर्फेक्सनिस्ट उपनाम पाएका आमिर खान फिल्म क्षेत्रमा लागे देखि आज सम्म आइपुग्दा फर्केर हेर्नु परेको छैन् । हरेक वर्ष व्यवसायिक र समिक्षात्मक फिल्महरु दिँदै आएका उनी आफ्नो सुरक्षाको दृष्टिले निकै मजबुत देखिन्छन् । उनले वार्षिक रुपमा आफ्नो सुरक्षकर्मी युवराज घोरपन्डेलाई २ करोड भारतीय रुपैयाँ दिँदै आएका छन् ।

प्रकाशित : बिहिबार, बैशाख ३०, २०७८१७:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

यति धरै सुन्दर र बो-ल्ड छिन हलिउडकी यी सुपर मोडल, हेर्नुहोस उनका कामुक तस्विरहरु!