दिदी प्रियंका चोपडाको कारण फिल्ममा काम पाइनन् मीरा चोपडाले

एजेन्सी : इन्टरनेशनल स्टार बनिसकेकी प्रियंका चोपडाको कजिन मीरा चोपडा(Meera Chopra) ले फिल्म ‘ग्याङ ओफ घोस्ट्स(Gang of Ghosts)’ बाट बलिउडमा प्रवेश गरेकी थिईन्। उनको यो फिल्म सन् २०१४ मा रिलिज भएको थियो। यस अघि मीराले दक्षिण भारतीय चलचित्रमा काम गरिसकेकी थिईन्। सन् २०२१ मा उनको फिल्म ‘द ट्याटु मर्डर्स(The Tattoo Murders)’ ओटिटी प्लाटफर्म डिज्नी प्लस हटस्टारमा रिलिज भएको थियो।

जुन फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया  पाएको थियो। यद्यपि यसको बाबजूद पनि उनको करियर केही खास बन्न सकेन्। जस्तो उनको कजन प्रियंका चोपडा(Priyanka Chopra) र परिणीति चोपडा(Parineeti Chopra) ले बलिउडमा अलग पहिचान बनाए। हालै मीराले आफ्नी बहिनी प्रियंकालाई जोडेर केही खुलासा गरेका छन्।

मीरा चोपडाले प्रियंका चोपडाको कारण एउटा पनि फिल्म नपाएको बताइन्। हालै मीराले जूम टिभीलाई दिएको आफ्नो अन्तर्वार्तामा आफ्नो सङ्घर्षका गाथाहरुको खुलासा गरेकी छिन्। मीराले भनिन्, ‘म जहाँ पनि जान्थे, त्यहाँ मान्छेहरुले प्रियंकाको बहिनी आइन् भन्थे। तर अहिलेसम्म मलाई उनले कुनै रोल दिएका छैनन्। म इमान्दारीपूर्वक भन्छु, प्रियंकाले मलाई कुनै काम दिएकी छिन्। यदि मलाई कहिल्यै कुनै प्रोड्यूसरको जरुरत पर्यो भने उनीहरुले मलाई कास्ट गर्दैन्थे किनकी म प्रियंकाकी बहिनी हुँ। प्रियंकासँग मेरो सम्बन्ध हुनु मेरो करियरको लागि सही रहेन। तर यो फाइदा चाहीँ मलाई भयो कि मानिसहरुले मलाई गम्भीरतापूर्वक लिन सुरु गरे।’

मीराले अगाडी भनिन्, ‘बलिउडले मलाई कहिल्यै ग्रान्टेड लिएन्। किनकी उनीहरुलाई थाहा थियो कि तमिल फिल्ममा मैले काम गरेर आएकी हुँ। मैले आजसम्म जे जति पनि काम पाए त्यो प्रियंकाको कारणले नभई मेरो मेहनतको कारणले पाएको थियो। मानिसहरुलाई थाहा थियो, म फिल्मी परिवारबाट आएकी हुँ। प्रियंकाको बहिनी हुनुमा बस यहीँ फाइदा भयो। मैले पनि आफ्नो करियरमा धेरै सङ्घर्ष गर्नुपर्यो।’

मीरा चोपडा अन्तिम पटक फिल्म ‘सेक्सन ३७५(Section 375)’ देखिएकी थिईन्। यो फिल्ममा उनीसँगै अभिनेता अक्षय खन्ना र रिचा चड्ढा पनि लिड रोलमा थिए। मेरा चोपडाले अहिले ओटिटी प्लाटफर्ममा डेब्यु गरिसकेकी छिन्। उनी ‘कमाठीपुरा(Kamathipura)’ मा लिड रोलमा देखिनेछिन्। यो बाहेक उनी फिल्म ‘नास्तिक’ मा पनि देखिनेछिन्। यो फिल्ममा उनीसँग अभिनेता अर्जुन रामपाल पनि प्रमुख भूमिकामा हुनेछन्।

प्रकाशित : बुधबार, बैशाख २९, २०७८१३:३३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आकर्षक व-क्ष-स्थ-ल प्रदर्शन गर्दै मोनालिसा भन्छिन् – ‘सबैकुरा बदलिएका छन्।’