सूर्यको राशि परिवर्तन : अक्षय तृतीयाको दिन सूर्यले बदल्नेछ आफ्नो घर, पर्नेछ यस्तो प्रभाव

काठमाडौँ : सूर्यले यहीँ बैशाख ३१ गते(१४ मे) शुक्रवार अक्षय तृतीयाको दिन राशि परिवर्तन गर्दै छ। उक्त दिन सूर्य वृष राशिमा आउनेछ। आत्मा, मान-सम्मान, उच्च पद आदिको कारक सूर्यदेव नै हुन्। वृष राशिमा सूर्यको गोचरले तपाईको दाम्पत्य जीवन र पार्टनरशिपमा प्रभावित पार्नेछ। धनको व्ययमा नियन्त्रण राख्नु पर्नेछ। यस गोचरको प्रभाव १२ वटै राशिहरुमा पर्नेछ। तपाईको राशिमा कस्तो प्रभाव पार्ला त ? हेर्नुहोस्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : आर्थिक मामिलामा सफलता हासिल गर्नुहुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : आजीविकाको क्षेत्रमा प्रगति प्राप्त गर्नुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : दाम्पत्य जीवनमा व्यवधान आउनेछन्।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : उच्च पदाधिकारी या पिताबाट भरपूर सहयोग प्राप्त गर्नुहुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : आँटेका कामहरु समयमै पूरा हुनेछन्।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : रोकिएका कामहरु सम्पन्न हुनेछन्।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : व्यवसायिक योजना फलीभूत हुनेछन्।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : उपहार या सम्मानमा वृद्धि हुनेछन्।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : सम्बन्धमा थप मजबूती आउनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : आशातीत प्रगति हुनेछन्।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : आफ्नो स्वास्थ्यप्रति सावधान रहनुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : रचनात्मक प्रयास फलीभूत हुनेछन्।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८१२:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि मातातीर्थ औँसी : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?