भोलि मातातीर्थ औँसी : तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?

काठमाडौँ : प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व भोलि देशभर आमालाई मीठा मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय ९पण्डित०, आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उनबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइन्छ ।

छोराछोरीले भोलि बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्दछन् ।

शास्त्रमा प्रत्येक नरनारीले जीवनमा देवऋण, मनुष्यऋण र पितृऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्म ग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला हुन् भनी आमा र जन्मभूमिको महत्व दर्शाइएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो । सन्तानलाई नौ महीनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्व अरुभन्दा बढी छ । बाबुभन्दा आमाको महत्व हजार गुणा बढी हुने भनी शास्त्रीय ग्रन्थमा उल्लेख गरिएको पनि उहाँले सुनाउनुभयो । यस्तो महत्व भएकाले जीवित आमालाई मीठो खान र राम्रो लगाउन दिएर सम्मान गरी खुसी बनाइन्छ ।

दिवङ्गत आमाका नाममा श्रद्धा भक्तिसाथ तर्पण, पिण्डदान र सिदादान गरिन्छ । वैशाखकृष्ण औँसीका दिन दिवङ्गत आमाले आश गर्ने भएकाले तर्पण, पिण्डदान र सिदादान सहित श्राद्ध गरे खुसी भई आशीर्वाद दिने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् गौतमले बताउनुभयो । यस अवसरमा चन्द्रागिरी नगरपालिकास्थित मातातीर्थमा मेला लाग्ने गर्छ । यस वर्ष नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलिएकाले मेला स्थगित गरिएको नगर प्रमुख घनश्याम गिरीले जानकारी दिनुभयो । गत वर्ष पनि यस पर्वका अवसरमा कोरोनाबाट बच्न बन्दाबन्दी गरिएकाले मातातीर्थ मेला स्थगित गरिएको थियो । भोलि तपाईको दिन कसरी बित्ला त ? हेर्नुहोस् राशिफल।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) :

तपाईको दिन शुभ रहनेछ। परिवार, आफन्त तथा मित्रसँग भेट समारोहमा उपस्थित रहनु हुनेछ। नयाँ कार्यको प्रारम्भ गर्नको लागि उत्साह रहनेछ। तर उत्साले हानि नहोस् यस कुराको ध्यान राख्नुहोला। शारीरिक तथा मानसिक स्वस्थताको ध्यान राख्नु हुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) :

शारीरिक तथा मानसिकरुपले निराश रहनुहुनेछ। चिन्ताको कारण मानसिक भार रहन सक्छ। मानसिकरुपले अस्वस्थ रहनुहुनेछ। परिवारसँग मनमुटाव हुने प्रसंग बन्न सक्छ। घरायसी वातावरण बिग्रिन सक्ला। परिश्रमको अपेक्षा सफलता प्राप्ति कम हुन सक्ला। सोचविचार गरि निर्णय लिनुहोला।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) :


व्यापारीवर्गको लागि दिन शुभफलदायी छ। व्यापारमा तथा आय वृद्धि हुनेछ। मित्रबाट लाभ हुनेछ। रोजगारमा उच्चाधिकारीको कृपादृष्टिबाट पदोन्नति सम्भव रहेको छ । विवाह ईच्छुक व्यक्तिले जीवनसाथी भेट्ने योग रहेको छ। परिवारमा श्रीमती र छोराबाट समाचार मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) :

तपाईको दिन शुभ रहनेछ। व्यापारीमाथि अधिकारी खुशी रहनेछन्। रोजगारीको पदोन्नति हुने योग रहेको छ। परिवारमा मैत्रीपूर्ण वातावरण बनिरहनेछ। नयाँ सजावटबाट घरको शोभामा अभिवृद्धि हुनेछ । आमाबाट लाभ मिल्नेछ। शारीरिकरुपले स्वस्थ र मानसिकरुपले प्रसन्न रहनुहुनेछ। धन र प्रतिष्ठा वृद्धि हुनेछ ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :

तपाईको दिन आलस्य तथा थकानमा बित्नेछ। उग्र स्वभावमा मानसिक रूपले व्यग्रता रहनेछ। पेटसम्बन्धित पीडाले समस्या हुनेछ। सफलता प्राप्त गर्नको लागि परिश्रम अधिक गर्नुपर्नेछ । संकटजनक विचार, बोलि वा आयोजनबाट टाढा रहनुहोला। धार्मिक यात्रा वा बसाईको सम्भावना रहेको छ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) :

खानपिनमा विशेष ध्यान राख्नुहोला। आवेश र क्रोधको मात्रा अधिक रहनेछ। त्यसैले स्वास्थ्य प्रति ध्यान दिनुहोला। बोलिमा विशेष ध्यान राख्नुहोला। अनैतिक कृत्यबाट टाढा रहनुहोला। सरकार-विरोधी प्रवृत्तिको कारण समस्या हुन सक्ला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :

सांसारिक जीवको आनन्द विशेषरुपले लिनुहुनेछ। परिवारसँग सामाजिक कामले बाहिर जानुहुनेछ। छोटो यात्राको आयोजन हुनेछ। व्यापारीगणको व्यापार वृद्धि हुनेछ। सामाजिक क्षेत्रमा सफलता र यश कीर्ति मिल्ने योग रहेको छ। आकस्मिक धनलाभ होला।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) :

दिन सुखमय रहनेछ। परिवारसँग आनन्दपूर्वक समय बिताउनुहुनेछ । शारीरिक स्वस्थता तथा मानसिक प्रफुल्लित अनुभव हुनेछ। रोजगारीले साथी कर्मचारीको सहयोग मिल्नेछ। माईतबाट समाचार मिल्नेछ। अधुरो कार्य पुरा हुनेछ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :

रिसलाई नियन्त्रण राख्नुहोला। पेट सम्बन्धित समस्या रहनेछ। कुनै कार्यमा सफलता नमिल्नाले निराशा आउला। साहित्य वा अन्य सिर्जनात्मक कला प्रति रुचि रहनेछ। सन्तान प्रति चिन्ता रहनाले मन निराश रहनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) :

दिन प्रतिकूलताले भरिपूर्ण रहनेछ। तपाईमा उर्जाको अभाव रहनेछ। परिवारसँग झगडा हुन सक्ला। तपाईको मन व्यथित रहन सक्छ। अपकीर्ति, अपयश मिलन सक्ला। स्वास्थ्य बिग्रिन सक्ला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :

मनबाट चिन्ताको भार हल्का हुनेछ। मानसिकरुपले प्रफुल्लित अनुभव गर्नुहुनेछ । शारीरिक स्वास्थ्य राम्रो रहनेछ। पारिवारिक वातावरण आनन्दित रहनेछ। विशेषगरी भाई-बहिनीसँगको सम्बन्धमा मधुरताको अनुभव गर्नुहुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) :

नकारात्मक विचारलाई मनबाट हटाउनुहुनेछ। रिस र बोलिमा ध्यान राख्नुहोला। कसैसँग वाद-विवाद वा झगडा हुन सक्ला। खानपिनमा ध्यान राख्नुहोला। शारीरिक स्वास्थ्य मध्यम रहनेछ ।

प्रकाशित : सोमबार, बैशाख २७, २०७८२०:५३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज मातातीर्थ औँसी : तपाईको दिन सोचेझैँ शुभ या अशुभ कस्तो रहला ? हेर्नुहोस् राशिफल