एजेन्सी : बलिउड नायिकाहरु शानदार ‘वार्डरोब’ तथा आकर्षक ‘ड्रेसिङ’को लागि परिचित छन्। हरेक अवसरमा भिन्न-भिन्न कपडामा देखिने गर्छन्, बलिउड नायिकाहरु। चलचित्रका अलावा फेसन शोहरुमा पनि बलिउड नायिकाहरु व्यस्त रहन्छन्। “फेसन शो” बलिउड नायिकाहरुका लागि कमाईको राम्रो माध्यम पनि हो।
तर, केही बलिउड नायिकाका लागि भने “फेसन शो” कहिलेकाहिँ लज्जाको विषय पनि बन्ने गरेको छ। र्याम्पमा हुँदा आकस्मिक रुपमा हुने ‘वार्डरोब-मालफंक्शन’ को शिकार धेरै नायिकाहरु हुने गरेको पाइन्छ।
हालसालै पनि बलिउडकी एक नायिका र्याम्पमा ‘वार्डरोब-मालफंक्शन’को शिकार भएकी छन्। केही समय अगाडी बलिउड तथा दक्षिण भारतीय नायिका तमन्ना भाटिया(Tamanna Bhatia) ‘वार्डरोब-मालफंक्शन(Wardrobe Malfunction )’ को शिकार भएकी हुन्।
वास्तवमा, हालसालै बम्बई फेशन वीकमा तमन्ना भाटिया सहभागी भएकी थिइन्। त्यसक्रममा उनले थाई हाई ड्रेस लगाएकी थिइन्। र्याम्प वाकको क्रममा, उनको कपडा गल्तिले माथि सर्न पुग्यो। जसकारण र्याम्पमै उनको भित्री वस्त्र देखियो।
र्याम्पमै ‘वार्डरोब-मालफंक्शन’को शिकार भएपनि उनले थाहा भने पाइन् । तर, सो फेसन शोमा उपस्थित केही फोटोग्राफरहरुले तस्विर खिचेर सामाजिक सञ्जालमा अपलोड गरिदिए। अहिले भारतीय सामाजिक सञ्जालमा तमन्नाका ती तस्विरहरु भाइरल भैरहेका छन्। र यसले सामाजिक सञ्जालमा तहल्का मच्चाएको छ।