एजेन्सी : सनी लियोनीका फ्यान्स संसारभर फैलिएका छन्। उनी गुगलमा सबैभन्दा बढी सर्च गरिने व्यक्तिमध्ये एक हुन्। ठुल्ठुला राजनीतिक हस्ती, अभिनेता, खेलाडी भन्दा उनको लोकप्रियता बढी छ भन्दा अतिशयोक्ति नहोला। सनीका फोटो तथा भिडियोको बजारमा जबर्दस्त डिमाण्ड हुने गर्छ।
के तपाईलाई थाहा छ ओसामा बिन लादेनको वयस्क चलचित्रका भिडियोहरु हेर्ने सोख थियो। ओसामा बिन लादेनको जीवनमा आधारित एक किताबमा यो कुराको खुलासा गरिएको छ। अमेरिकी कमान्डोले ओसामाको घरको कोठाबाट कैयन् दर्जन सिडी र पेन ड्राइभ बरामद गरेको थियो।
कैयन् सामग्रीहरुसँगै वयस्क भिडियोका सिडी तथा पेन ड्राइभ बरामद गरिएको थियो। किताबमा उल्लेख गरिए अनुसार अधिकांस सिडीमा सनी लियोनीका भिडियोहरु थिए। अमेरिकी मेरिनको बयानलाई आधार मान्ने हो भने ओसामा बिन लादेन सनी लियोनीको दीवाना थिए। उनी प्राय: सनीका भिडियोहरु हेर्ने गर्थे।
एक पत्रकारले अन्तर्वार्तामा सनी लियोनीलाई ओसामाको दीवाना भएको बारे प्रतिक्रिया दिन आग्रह गर्दा सनीले यो कुरालाई मजाक करार गरेकी थिईन्।