दिलदार बलिउड स्टार : सडकछाप बच्चालाई घर ल्याई आफ्नै सन्तानसरह गरे प्रेम

रवीना टन्डन(Raveena Tandon) : रवीनाले २१ वर्षको उमेरमा आमा बन्ने निर्णय गरेकी थिइन्। विवाह नगर्दै उनले दुई अनाथ बालिकाहरु पूजा र छायालाई “एडप्ट” गरिन्। त्यस समयमा पूजाको उमेर ८ थियो भने छायाको उमेर ११ थियो। विवाह पछि जन्मिएका सन्तान सरह नै रवीनाले पूजा र छायालाई प्रेम गर्छिन्।

सुष्मिता सेन(Sushmita Sen) : २५ वर्षको उमेरमा नै १ बालिकालाई “एडप्ट” गरेकी पूर्व मिस यूनिवर्स(Miss Universe pageant) सुष्मिता सेनले पछि गएर अन्य दुईलाई पनि “एडप्ट” गरिन्। उनले “एडप्ट” गरेका मध्ये सबैभन्दा ठूली छोरीको विवाह भैसकेको छ भने उनी अहिले अन्य दुई छोरीसँग बस्दै आएकी छन्।

सलीम खान(Salim Khan) : सलमान खान(Salman Khan), अरबाज खान(Arbaaz Khan), अलवीरा खान अग्नीहोत्री(Alvira Khan Agnihotri), सोहेल खान(Sohail Khan)का पिता हुन्, सलीम खान। बलिउडमा संवाद र स्टोरी लेखकको रुपमा राम्रै पहिचान बनाएका सलीमले अर्पिता खान(Arpita Khan)लाई सडकबाट उठाएका थिए। “एडप्ट” गर्दै सलीमले सडककी अर्पितालाई आफ्नो छोरी बनाए। अर्पितालाई सलीम मात्र नभई सलमान पनि निक्कै प्रेम गर्छन्।

प्रीति जिन्टा(Preity Zinta) : सन् २००९ मा ३४ वर्ष पुगेको अवसरमा ऋषिकेशमा रहेको मिरेकल स्कूल(Miracle School)का ३४ किशोरीहरुलाई “एडप्ट” गरेकी थिइन्। त्यस समय देखि प्रितीले ३४ जनाको पढाई र लालन-पोषणको खर्च हेर्दै आएकी छन्।

मिथुन चक्रवर्ती(Mithun Chakraborty) : बलिउडका चर्चित मिथुन चक्रवर्तीले पनि छोरी दिशानी चक्रवर्ती(Dishani Chakraborty)लाई सडकबाट उठाएर “एडप्ट” गरेका थिए। मिथुनले आफ्ना सन्तानहरु महाक्षय चक्रवर्ती ‘मिमोह'(Mahaakshay Chakraborty’Mimoh’), नमाशी चक्रवर्ती(Namashi Chakraborty) र उस्मय चक्रवर्ती(Ushmey Chakraborty)लाई जस्तै दिशानीलाई पनि प्रेम दिएर पालेका छन्।

प्रकाशित : शुक्रबार, बैशाख २४, २०७८१३:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

तमन्नालाई कपडाले दिएको थिय धोका, ‘भित्री वस्त्र’ देखिएपछि मच्चियो तहल्का