जब अदा आफ्नो शरीरमा पत्रिका बेरेर कार्यक्रममा गईन्…..

काठमाडौँ : बलिउड अभिनेत्री हुन् अदा शर्माले विक्रम भट्टद्वारा निर्देशित हिन्दी भाषाको चलचित्र १९२० बाट हिन्दी चलचित्रमा अभिनय यात्रा सुरू गरेकी हुन्। हँसी तो फसी(Hasee Toh Phasee) नामक हिन्दी चलचित्रले उनलाई व्यापक प्रसंसा र नाम दिलायो।

पछिल्लो समय २८ वर्षीय अदा शर्मा फिल्मको कारणले भन्दा पनि बढी आफ्ना फोटोशूटका कारण चर्चामा आउँछिन्। बलिउडमा नायिकाहरु भिन्न लुक्स देखाउन विभिन्न खालका शैली अपनाएर चर्चामा आउँछन् । यस्तै कमान्डो-२(Commando 2) की अभिनेत्री अदा शर्माले पनि सन् २०१९ मा आयोजित न्याका फेमिना ब्युटी अवार्ड्स(Nykaa Femina Beauty Awards)मा अनौठो ड्रेस लगाएर चर्चामा आएकी थिईन्। उक्त कार्यक्रममा उनले न्युजपेपर थिम ड्रेस लगाएकी थिइन्। यसले अझैँ पनि बेला-बेलामा चर्चा पाईरहेको हुन्छ। यो ड्रेसले त्यतिबेला तहल्का मच्चाएको थियो। हरेक पत्रपत्रिकामा यो हेडलाइन बनेको थियो।

एक तामिल ब्राह्मण परिवारमा भारतको महाराष्ट्रको मुम्बईमा जन्मिएकी अदाका पिता एसएल शर्मा(S. L. Sharma) हुन्। जो मर्चेन्ट नेभीका क्याप्टेन थिए। उनले १२ कक्षा पढेर आफ्नो पढाईमा बिट मारिन्। उनी नृत्यमा ग्याजुएसन गरेकी छिन्।

अदा फिल्म उद्योगमा आएको लगभग एक दशक भइसकेको छ । कमाण्डो सिरिजमा उनले विद्युत जामवाल(Vidyut Jammwal)को अपोजिट भूमिकामा देखिएकी थिइन् ।

सामाजिक सञ्जालमा उनी निकै सक्रिय रहन्छिन्। सामाजिक सञ्जालमा उनले बिन्दास अवतारका तस्बिरहरु अपलोड गरिरहन्छिन्। उनी अधिकांस समय मस्त रहन्छिन्। करियर सुरुवातमा आफ्नो कर्ली कपाल र बच्चा जस्तो देखिने फेसको कारण उनले धेरै कठिनाईहरु खेप्नुपर्यो। उनलाई सुरुमा थुप्रै निर्देशकले अस्वीकार गरेका थिए। तर अथक प्रयासपछि उनले आफ्नो अलग स्थान बनाउन सफल भईन्।

उनी सोसल मिडियामा निकै सक्रिय रहन्छन् । उनको इन्स्टाग्राम पोष्टबाट नै अन्दाज लगाउन सकिन्छ कि अदा शर्मा कति बिन्दास छन् ? उनी सँधै मस्त रहन चाहन्छिन् । उनले २००८ मा विक्रम भट्टको हरर फिल्म १९२० बाट बलिउडमा डेब्यु गरेकी थिइन् । त्यसपछि उनले हाँसी तो फसी र कमाण्डो लगाएतका हिट फिल्महरुमा काम गरिसकेकी छन् ।

करियरको सुरुवातमा अदा शर्मालाई फिल्म उद्योगमा आफ्नो पहिचान बनाउन निकै मेहेनत गर्नुप–यो । आफ्नो कर्ली कपाल र निकै योङ्ग फेसका कारण उनलाई निर्देशकले अस्विकार गरेका थिए । तर उनले लगातार प्रयासपछि आफ्नै स्थान बनाउन सफल भइन् ।

उनी फिटनेस फ्रिक हुन्। उनी आफ्नो फिट्नेसमा निकै ध्यान दिन्छिन्। उनी दैनिक रुपमा योगाभ्यास गर्छिन् र उनी शुद्ध शाकाहारी हुन्।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१९:४५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

दिलदार बलिउड स्टार : सडकछाप बच्चालाई घर ल्याई आफ्नै सन्तानसरह गरे प्रेम