छोराको जवाफ सुनेर भावुक बनिन् सनी लियोनी, झारिन् आँसु !

एजेन्सी : सनी लियोनी(Sunny Leone) आफ्नो परिवारको एकदमै ख्याल राख्छिन्। यो कुरा जगजाहेर छ कि सनी आफ्ना बच्चाहरुप्रति निकै प्रो‍टेक्टिव छिन् र उनीहरुका लागि समय निकाल्न कहिल्यै भुल्दिनन्। सामाजिक सञ्जालमा पनि सनी आफ्ना बच्चाहरुका फोटोहरु लगातार हालिरहन्छिन्। सनीले छोरा एशर(Asher), नोहा(Noah) र छोरी निशा(Nisha)को फोटो शेयर गरिरहन्छिन्।

हालै सनीले आफ्नो छोरा एशरको फोटो शेयर गरेकी थिईन्। जुन तस्बिरमा सनीले छोराको जवाफ सुनेर आफ्नो आँखामा आँसु आएको उल्लेख गरेकी छिन्। सनीले आफ्नो छोरालाई तिमीलाई यति राम्रो कसले बनायो भनेर सोध्छिन्। जसको जवाफमा छोराले झटपट तपाईले बनाउनुभएको भनेर जवाफ दिन्छन्। यो सुनेर आफू भावुक बनेको र आँखामा आँसु आएको भनेर उनले लेखेकी छिन्।

सनी पछिल्लो समय खासै व्यस्त छैन। उनको पोल्टामा खासै फिल्महरु पनि छैनन्। पछिल्लो समय उनलाई फिल्मको लागि प्रस्ताव पनि आउन छाडेका छन्। केही दिन अघि उनले आफू अहिले एक वेबसिरिजमा काम गरिरहेको बताएकी थिईन्। साथै अहिले उनी शीरो(SHERO) नामक फिल्म र एमटिभी स्पिलिट्सविला(MTV Splitsvilla) नामक शोमा काम गरिरहेकी छिन्।

 

 

 

 

 

 

 

 

 

 

 

 

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१७:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जब अदा आफ्नो शरीरमा पत्रिका बेरेर कार्यक्रममा गईन्…..