एजेन्सी : बलिउडका एक प्रेमील र नमुना जोडी मानिएका शाहरुख खान र गौरी खानकाे विवाह भएको ३० वर्ष पूरा हुने क्रममा छ । बलिउडका बादशाह मानिएका शाहरुखले गौरीलाई पाउनको लागि निकै सङ्घर्ष गरेका थिए । आज हामी तपाईहरुलाई उनीहरुको प्रेम कथा बताउन गइरहेका छौँ ।
उनीहरुको प्रेम कहानी कुनै फिल्मको कथा भन्दा कम छैन् । साँचो प्रेमलाई भगवानले पनि रोक्न सक्दैनन् भन्ने कुरा यो जोडीबाट प्रमाणित भएको छ । एक अर्कालाई पाउनको लागि धेरै कुराहरु झुट पनि बोलेका थिए । यी दुईको पहिलो भेट कमन फ्रेन्ड पार्टीमा भेट भएको थियो । पार्टीमा एक युवकसँग डान्स गरिरहेकी गौरीलाई देखेका शाहरुले पहिलो नजरमा नै मन पराएका थिए ।
१८ वर्षको उमेरमा नै कसैको प्रेममा परेका शाहरुख अर्को युवासँग डान्स गरेको देखेपछि गौरीलाई आफुसँग पनि डान्स गर्न प्रस्ताव गरे । तर गौरीले शाहरुखप्रति कुनै चासो देखाइनन् । तर यता शाहरुखले भने गौरीलाई आफ्नो प्रेमीकाको रुपमा लिइसकेका थिए । मनको लड्डु घ्यूसँग खानु भनेजस्तै शाहरुख भने गौरीलाई देख्न साथ मख्ख परी सारा सपना बुन्न थालिसकेका थिए । तर गौरीको वास्तविक प्रेम पनि कोहीसँग थिएन् र उनी कसैको प्रतिक्षामा थिइन् ।
पछि एक अन्तवार्तामा पार्टीमा आफ्नो भाइ भएको कारण झुट बोलेको शाहरुखले बताएका थिए । जति बेला शाहरुखले गौरीको बास्तविकता बुझे त्यतिबेला शाहस जुटाएर शाहरुखले भने ‘मलाई पनि तिम्रो भाइ सम्झ ।’ यहि बाट सुरु भएको यो नमुना जोडीको प्रेम सम्बन्ध झाँगिदै गयो । गौरीलाई शाहरुखको स्टाइल र उनको आत्मविश्वास असाध्यै मन पर्थ्यो। शाहरुख गौरीले कपाल खुल्ला राखेको र एक्लै अरु केटासँग बोेलेको मन पराउँदैनथे । शाहरुखको यस्तो व्यवहारले गौरीले आफुहरुको सम्बन्धलाई ब्रेक लगाउने पनि सोचिन् ।
तर आफ्नो जन्मदिनमा शाहरुखको घरमा पुगेर जन्मदिन मनाउने शाहस बटुलिन र कसैलाई नभनी उनी जन्मदिन मनाउन शाहरुखको घर पुगिन् । त्यहाँ बाट झन गौरी बिना एकपल पनि बाच्न नसक्ने भएका शाहरुख आफ्नो आमाको एकदम नजिकको साथी थिए । यी सबै कुरा आफ्नो आमालाई भनेपछि शाहरुखकी आमाले गौरीलाई खोजेर ल्याउन भनी १० हजार भारु दिइन् ।
त्यसपछि आफ्नो साथीहरुलाई लिएर गौरीलाई खोज्न हिडेका शाहरुखले एकदिन गौरीलाई समुन्द्रको किनारमा भेटे । उनीहरु दुवैले एकअर्काको आँखामा हराए । एकअर्काको अंगालोमा बाँधिएर खुबै रोए । त्यसै दिन उनीहरुले विवाह गर्ने निर्णय गरे । यी दुईको प्रेममा बाधा नै बन्यो धर्म । गौरी मुस्लिम ब्राहमण परिवारकी थिइन भने शाहरुख हिन्दु धर्मका थिए । गौरीका बाबू कट्टर शाकाहारी थिए । फिल्म क्षेत्रमा सङ्घर्षपूर्ण जीवन बिताइरहेका शाहरुखसँग गौरीको परिवारले शाहरुखसँग विवाह गर्न नदिने पक्षमा थिए ।
धर्मकै कारण उनीहरुले एक अर्कालाई पाउन निकै सङ्घर्ष गर्नुपर्यो । गौरीसँगको विवाहको लागि शाहरुखले गौरीका बाबूआमालाई देखाउन ५ वर्षसम्म मूस्लिम बने । उनले आफ्नो नाम समेत बदलेर नाटक गरे । यति गरेपछि गौरीको बाबूआमालाई मनाउन सफल भएर सन् १९९१ अक्टोबर २५ मा धूमधामसँग उनीहरुको प्रेम विवाहमा परिणत हुन् सफल भयो ।
प्रेम प्राप्तिका निम्ति शाहरुखको त्याग : ५ वर्षसम्म बनेका थिए हिन्दु, रोचक छ किस्सा

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८१६:१७