काठमाडौँ : बलिउड एक यस्तो मञ्च हो, जुन हरेक देशका कलाकारलाई खुल्ला छ र आफ्नो अभिनय कौशलताको दममा स्थापित हुन् सक्छन्। बलिउडमा यस्ता थुप्रै अभिनेत्रीहरु छन् जो विदेशी मूलका हुन् तर भारतीय सिनेमा उद्योगमा उनीहरुले धेरै प्रसिद्धि प्राप्त गरे। ती अभिनेत्रीहरुले आफ्नो अभिनय कौशलताले मात्र नभई नृत्य र गायन कलाले पनि दर्शकको दिल जितेका छन्।
एमी ज्याक्सन(Amy Jackson) : ब्रिटिश एक्ट्रेस-मोडेल यमी ज्याक्सनले बलिउडमा आफ्नो अभिनयको दम देखाईसकेकी छिन्। उनले तेलुगु, कन्नड र हिन्दी फिल्महरुमा काम गरिसकेकी छिन्। ‘एक दीवाना था(Ek Deewana Tha)’, ‘सिंह इज ब्लिङ(Singh Is Bliing)’, ‘फ्रिकी अली(Freaky Ali)’, देवी(Devi) सहित अरु थुप्रै फिल्महरुमा अहम भूमिका निभाएकी छिन्।
अलि लार्टर(Ali Larter) : हन्टेड हिल(Haunted Hills), फाइनल डेस्टिनेशन(Final Destination), फाइनल डेस्टिनेशन-२(Final Destination-2), अ लट लाइक लव(A Lot like Love), रेसिडेन्ट एभिल – एक्सटिंक्सन(Resident Evil: Extinction) लगायतका कैयन् चर्चित फिल्ममा देखिएकी अमेरिकन एक्ट्रेस अलि लार्टरलाई नचिन्ने को होला र। उनले बलिउडमा पनि कदम राखेकी थिईन्। सन् २००७ मा अलि लार्टरले सलमान खानसँग फिल्म ‘मेरीगोल्ड(Marigold)’ मा काम गरेकी थिईन्। यद्यपि मेरीगोल्ड पछि उनी फेरी हलिउडमै फर्किईन्।
युलिया वन्तुर(Iulia Vântur) : रोमानियन मूलकी मोडेल-एक्ट्रेस-सिङ्गर युलिया वन्तुर सलमान खान(Salman Khan)सँगको प्रेम सम्बन्धको कारण बेला-बेलामा चर्चामा हुन्थिन्। उनी अहिलेसम्म आफ्नो कलाको सामर्थ्यमा हिन्दी सिनेमा जगतमा टिक्न सकिरहेकी छिन्। हालै सलमान खानको फिल्म ‘राधे : योर मोस्ट वान्टेड भाई(Radhe: Your Most Wanted Bhai)’ को गीत ‘सिटी मार(Seeti Maar)’ मा युलियाले आफ्नो आवाज दिईकी थिईन्। यो बाहेक युलियाले प्यार दे प्यार ले(Pyar De Pyar Le), पार्टी चले अन(Party Chale On), सांसे हुईं धुंआ धुंआ(Saansein Hui Dhuan Dhuan), हरजाई(Harjai) आदि गीतमा आवाज दिएकी छिन्।
गिसेली मोन्टेरियो(Giselli Monteiro) : ब्राजिल मूलकी मोडेल तथा एक्ट्रेस गिसेली मोन्टेरियोले सैफ अलि खान(Love Aaj Kal) बाट बलिउडमा डेब्यु गरेकी थिईन्। यस फिल्ममा हरलीन कौर नामकी पञ्जाबी युवतीको भूमिकामा जीवन्त अभिनय गरेकी थिईन्। यसबाहेक उनले अल्वेज कभी कभी(Always Kabhi Kabhi)मा पनि काम गरिन्।
नोरा फतेही(Nora Fatehi) : क्यानडा मूलकी डान्सर, मोडेल, सिङ्गर, एक्ट्रेस र प्रोड्यूसर नोरा फतेही भारतीय सिनेमाको चर्चित नाम हो। उनले हिन्दी, तेलुगु, मलयालम र तमिल भाषाका फिल्महरुमा आफ्नो प्रतिभा देखाएकी छिन्। नोराको डान्सिङ ट्यालेन्ट देखेर हरकोहीँ कायल हुन्छन् र अहिले उनी बलिउडको उदाउँदो अभिनेत्रीको सूचीमा पर्छिन्।
एली अवराम(Elli AvrRam) : स्वीडिश-ग्रीक मूलकी अभिनेत्री एली अवरामले अहिले भारतीय फिल्ममा आफ्नो खास पहिचान बनाईसकेकी छिन्। स्वीडेनका फिल्महरुमा गरिसकेपछि एलीले बलिउडमा कदम राखेकी थिईन्। मिक्की भाइरस(Mickey Virus) उनको पहिलो बलिउड फिल्म थियो जसले अत्यधिक चर्चा बटुल्न सफल भयो। त्यसपछि उनले उंगली(Ungli), किस किस को प्यार करूं(Kis Kisko Pyaar Karoon), वन नाईट स्ट्यान्ड(One Night Stand), नाम शबाना(Naam Shabana), बाजार(Bazaar), जबरिया जोडी(Jabariya Jodi), मलङ्ग(Malang) लगायत थुप्रै फिल्महरुमा काम गरिन्।
नरगिस फाखरी(Nargis Fakhri) : अमेरिकन एक्ट्रेस र मोडेल नरगिस फाखरी बलिउड एक्ट्रेसको रुपमा चर्चित छिन। आफ्नो पहिलो हिन्दी फिल्म ‘रकस्टार(Rockstar)’ मा उनले रणबीर कपूरसँग काम गरेकी थिईन्। यस फिल्ममा उनको शानदार अभिनयको लागि उनलाई फिल्मफेयर बेस्ट एक्ट्रेसको क्याटेगोरीमा नोमिनेट गरिएको थियो। उनले रकस्टार बाहेक मद्रास क्याफे(Madras Cafe), फटा पोस्टर निकला हीरो(Phata Poster Nikhla Hero), किक(Kick), स्पाई-Spy(हलिउड), अजहर(Azhar), हाउसफुल-३(Housefull-3), डिशूम(Dishoom), बैंजो(Banjo), तोरबाज(Torbaaz) मा काम गरेकी छिन्।