सलमानले यी ६ नायिकासँग खुब मस्ती गरे, तर विवाह चाहिं गरेनन् !

एजेन्सी : बलिउडका सलमान खान(Salman Khan)को व्यक्तित्वलाई धेरैले मन पराउँछन् । अविवाहित रहेका सलमानको विवाहलाई लिएर अझै पनि चर्चा हुने गरेको छ।

उनले धेरै नाम चलेका बलिउडका नायिका तथा मोडलसँग काम काम गरेका छन् । सलमानको विभिन्न नायिका तथा मोडलसँग नाम जोडिएपनि अहिले सम्म विवाह भने भएको छैन । सलमानसँग सम्बन्ध रहेको भनेर चर्चा गरिने नायिकाहरु निम्न छन् –

१.संगीता बिजलानी(Sangeeta Bijlani) : सलमान खानको जीवनमा धेरै महिलाहरु आएपनि विवाहको चर्चा भने संगीता बिजलानीसँग चलेको थियो। सलमानको संगीतासगँ सन् १९९४ मा विवाह गर्ने तयारी भएको थियो, यही बिचमा संगीतालाई सलमानको अफेयरको बारेमा थाहा भयो।  भारतीय सञ्चार माध्यमहरुका अनुसार त्यसपछि दुवैले अलग बाटो रोजे । उनीहरु दुईको बिहेको कार्ड समेत छापेको कुरा बताइन्छ । उनीहरु दुईबिच अझैं पनि मित्रताको सम्बन्ध कायम छ ।

२.सोमी अली(Somy Ali) :  सोमीले करिब १९ वर्षको उमेरमा बलिउडमा डेब्यु गरेकी हुन् । सलमान उनीसँगको सम्बन्धलाई निकै गम्भीर रहेको खबरहरु आउने गर्थे । भारतीय मिडियाका अनुसार त्यतिबेला सोमीको सुन्दरताका कारण सलमान फिदा हुन्थे र सोमीमाथि अधिकार समेत जमाउँथे । उनीहरुले करिब ६ वर्षको प्रेमसम्बन्धमा अलग बाटो रोजेका हुन् ।

३.ऐश्वर्या राय(Aishwarya Rai) : सलमान विश्व सुन्दरी ऐश्वर्या रायसगँ पनि प्रेम सम्बन्धमा थिए, फिल्म ‘हम दिल दे चुके सनम(Hum Dil De Chuke Sanam)’ बाट उनीहरुबीच प्रेम सम्बन्ध सुरु भएको बुझिन्छ । सलमानले ऐश्वया माथि अत्याधिक अधिकार जमाउन थालेपछि उनीहरुको सम्बन्ध टुट्यो । ऐश्वर्याले सलमान माथि हात उठाएको आरोप पनि लगाइन् । ब्रेकअप पछि एश्वर्याको घरमा सलमान गएको कारणले गर्दा उनले पुलिसलाई बोलाउनु परेको बताइन्छ, तर सलमाले त्यो कुरालाई अस्वीकार गर्दै आएका छन्।

४.स्नेहा उल्लाल(Sneha Ullal) : स्नेहाको अनुहार ऐश्वर्यासगँ मिल्दोजुल्दो रहेको छ । जब सन् २००५ मा ‘लकी–नो टाइम फर लभ(Lucky: No Time for Love)’ रिलिज भयो तब सलमानले उनलाई कास्ट गर्नुको पछाडी भारतिय मिडियाले निकै अचम्मको कारण बताएका थिए । उनीहरुको प्रेम सम्बन्ध पनि धेरै दिन टिक्न सकेन ।

५. कट्रिना कैफ(Katrina Kaif) : सलमानले कट्रिनालाई बलिउडमा स्थापित गर्नको लागी निकै ठुलो सहयोग गरेका थिए । सलमान कट्रिनाको विषयमा निकै गम्भिर थिए । कट्रिनालाई सलमानले आफ्नो परिवारको सदस्यको जस्तो व्यवहार गर्दर्थे । सलमानको परिवारले पनि कट्रिनालाई मन पराउँथे, तर सलमानको अत्याधिक हक जमाउने कारणले गर्दा कट्रिनाले ब्रेकअप दिएको बताइन्छ ।

६.जरिन खान(Zareen Khan) : जरिनको अनुहार कट्रिनासँग मिल्दोजुल्दो थियो । सलमानले जरिनलाई आफ्नो प्रोडक्शन हाउसको फिल्म ‘वीर(Veer)’ मा मुख्य भुमिकाको रुपमा काम गर्ने अवसर दिएका हुन् । उनीहरुको फिल्म पनि चलेन अनि सम्बन्ध पनि अघि बढ्न सकेन ।

प्रकाशित : बिहिबार, बैशाख २३, २०७८००:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आफ्नै ‘डाइहार्ट फ्यान’ सँग विवाह गरेर सबैलाई आश्चर्यचकित पार्ने बलिउड स्टार यी हुन्