मे महिनामा सतर्क रहनुस् यी ४ राशिका जातक, मे महिना तपाईको लागि कस्तो रहला ?

काठमाडौँ : सन् २०२१ को पाँचौं महिना मे(May) सुरु भईसकेको छ। ग्रहको चाल अनुसार, मे महिना सबै राशिका लागि अत्यन्तै खास रहने वाला छ। ज्योतिषविद्का अनुसार, यो महिना वृष, सिंह, वृश्चिक र मीन राशिका जातक अत्यन्तै सम्हालेर बस्नुपर्नेछ। जबकि केही राशिले मिश्रित फल प्राप्त गर्नेछन्।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)  : यो महिना  मेष राशि हुने व्यक्तिको लागि  शुभ परिणाम लिएर आउनेछ। तपाईले आफुलाई पुरै महिना  उर्जावान बनाउने कोशिश गर्नुहुनेछ।  कार्यक्षेत्रमा काम गर्ने गति बढ्न सक्छ जसकारण तपाईप्रति  उच्च अधिकारी खुशी रहनेछन्। यो राशि हुने व्यक्तिको आर्थिक जीवन पनि उत्तम रहनेछ। साथै जीवनको कैयौँ क्षेत्रमा लाभ हुन सक्ला।  यो महिना तपाई परिवार, भविष्य, स्वास्थ्य र प्रेमको मामिलामा  निकै महत्त्वपूर्ण  रहनुहुनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : शुक्रको स्वामित्व भएको वृष राशि हुने व्यक्तिको लागि यो महिना राम्रै परिणाम मिल्नेछ।  पारिवारिक जीवनलाई राम्रो बनाउने कोशिश गर्नुहुनेछ। तपाईको कार्यक्षेत्रमा स्थिति सुध्रिनेछ।  यधपी धन सम्बन्धित मामिलालाई लिएर यस  राशि हुने व्यक्तिले सावधान रहनुपर्ने हुन्छ र स्वास्थ्यको पनि ध्यान दिनुपर्नेछ ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : तपाईको लागि यो महिना राम्रै परिणाम लिएर आउनेछ। पारिवारिक जीवनमा सतर्कताको साथ हिड्नुपर्ने हुन्छ र आमाबुबासँग कुराकानी गर्दा राम्रो शब्दको चयन सोची सम्झी गर्नुपर्ने हुन्छ। यो महिना यस राशि हुने व्यक्तिलाई आर्थिक रूपले लाभ हुनेछ।  तर महिनाको मध्य भागमा खर्चलाई लिएर सावधान रहनुहोला। प्रेम र वैवाहिक जीवन सामान्य रहनेछ। तर रिसलाई नियन्त्रण गर्नुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : यस महिनामा कर्क राशि हुने व्यक्तिलाई आर्थिक लाभ मिलन सक्ला। पारिवारिक जीवनमा स्थिति  सामान्य रनेछ र तपाईले  घरको मान्छेसँग समय बिताउनु हुनेछ। साथै रोजगारमा केहि  बदलाव आउन सक्छ। जुन मान्छेसँग प्रेम सम्बन्धमा पर्नुभएको छ, उसँग सम्हालेर रहनुहोला। विवाहित व्यक्ति जीवनसाथीसँग मिलेर बस्नेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) :  सिंह राशि हुने व्यक्तिले यो महिनालाई  कार्यक्षेत्रमा  सावधानीपूर्वक रहनुपर्ने हुन्छ। तपाईलाई एउटा सानो गल्तीले समस्यामा उत्पन्न गर्न सक्छ। पारिवारिक जीवनमा मिश्रित परिणामहरू प्राप्त गर्नुहुनेछ। विवाहित व्यक्तिको लागि यो महिना धेरै राम्रो रहनेछ। प्रेममा रहेका व्यक्तिले सतर्कता अपनाउनु पर्नेछ। साथै स्वास्थ्यको पनि विशेष ध्यान राख्नुहोला।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : राशि चक्रको छैठौं राशी कन्या राशी हुने व्यक्तिलाई यो महिना मिश्रित परिणाम लिएर आउनेछ। यस राशीले   भविष्य र  व्यापारमा सफलता पाउनको लागि कडा मिहिनेत गर्नुपर्ने हुनेछ। पारिवारिक जीवन सन्तुलित  राख्नको लागि सही निर्णय लिनुपर्ने हुन्छ। आर्थिक जीवन राम्रो रहनेछ।  स्वास्थ्यलाई लिएर सावधान रहनुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : तुला राशि हुने व्यक्तिको लागि यो महिना कैयौँ शुभ संकेत लिएर आउनेछ। भविष्यको क्षेत्रमा यस राशिलाई मिहिनेत गरेपछि सफलता  हासिल हुनेछ। साथै शिक्षाको  क्षेत्रमा अनुकूल परिणाम प्राप्त हुनेछ।  पारिवारिक जीवनमा केहि समस्या आउन सक्छ। तर सोचविचार गरेर  स्थितिलाई सम्हाल्नुहोला।  प्रेम जीवनमा राम्रो फल प्राप्त हुनेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : यो महीना वृश्चिक राशि हुने व्यक्तिको लागि सामान्य रहनेछ। यस राशि हुने व्यक्तिलाई  भविष्यको क्षेत्रमा राम्रै परिणाम मिल्नेछ। साथै कार्यक्षेत्रमा उन्नति पनि मिल्नेछ। साथै स्वास्थ्यको विशेष ध्यान राख्नुपर्ने हुन्छ। सानो लापर्वाहीले ठुलो क्षति निम्त्याउन सक्छ। शिक्षाको क्षेत्रमा मिश्रित नतिजा प्राप्त हुनेछ। पारिवारिक जीवनमा राम्रो  परिणाम पाउन सक्नुहुनेछ।

धनु- धनु राशि हुने व्यक्तिको लागी यो महिना मिश्रित परिणाम लिएर आउनेछ। यस महिना तपाईले आफ्नो भविष्यको क्षेत्रमा सावधानी  अपनाउनु हुनेछ। बिनाकारण  वाद-विवादबाट बच्नुहोला। यसका साथै आर्थिक पक्षलाई सुधार्नको  लागि प्रयास गर्नुपर्ने हुन्छ। ऋन तिर्न सक्षम रहनुहुनेछ।  यस राशी हुने व्यक्तिले शिक्षाको क्षेत्रमा सामान्य परिणाम प्राप्त गर्नेछन्। २६ मे पछि व्यापारमा लाभ हुनेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : शनिको स्वामित्व भएको मकर राशि हुने व्यक्तिलाई मे माहिनाले  भविष्यको क्षेत्रमा केहि उतार-चढाव ल्याएर आउन सक्छ।  पारिवारिक जीवनमा यस राशि हुने व्यक्तिलाई मिश्रित परिणाम मिल्नेछ। साथै  यो महिना विधार्थीले राम्रो परिणाम प्राप्त गर्नेछन् । केहि व्यक्ति प्रतियोगी परीक्षामा  सफलता प्राप्त हुनेछन्। स्वास्थ्यलाई लिएर सावधान रहनुहोला।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :  कुम्भ राशि हुने व्यक्तिको लागि यो महीना राम्रो रहनेछ। तपाईले  पारिवारिक जीवनमा राम्रो फल प्राप्त गर्नुहुनेछ।चौथो राहु-बुधको मिश्रणले घरमा खुशी ल्याउन सक्छ। शिक्षाको क्षेत्रमा विद्यार्थीहरूले मिश्रित नतिजा प्राप्त गर्नेछन्।  साथै यस राशिका व्यक्तिहरूले क्षेत्रमा  प्रयास बढाउनु पर्नेछ। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : राशिचक्रको अन्तिम राशि मीन राशी हुने व्यक्तिको लागि यो महिना चुनौतिमय  रहनेछ। भविष्यको शेत्रमा कैयौँ चुनौतिको सामना गर्नुपर्ने हुन्छ। यो महिना  प्रारम्भिक शिक्षा प्राप्त  गरिरहेका छात्राको लागि सामान्य रहनेछ। तर उच्च शिक्षा आर्जन गरिरहेका छात्राले आफ्नो प्रयास जारी राख्नुपर्ने हुन्छ। यस राशि हुने व्यक्तिले प्रेम र पारिवारिक जीवनमा सम्हालेर रहनुपर्ने  हुन्छ। मीन राशि हुने व्यक्तिलाई आर्थिक जीवनमा राम्रो फल प्राप्त  हुन्हो सक्छ।

प्रकाशित : सोमबार, बैशाख २०, २०७८१६:२३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि शुक्र वृष राशिमा प्रवेश गर्दै : यी राशिलाई निकै लाभदायक