६० कटिसकेका यी बुढा अभिनेताले जब आधा उमेरका तरुनी अभिनेत्रीसँग रोमान्स गर्ने मौका पाए…

एजेन्सी : चलचित्र क्षेत्रमा उमेर ढल्किएपनि नायकहरुलाई जवान नायकको रुपमा प्रस्तुत गर्ने चलन छ। जस कारण उमेर ढल्किएका नायकहरु पनि कम उमेरका नायिकाहरुसँग रोमान्स गर्दै देखिन्छन्। यस्तो चलन सबैभन्दा धेरै भारतको बलिउड तथा दक्षिण भारतीय चलचित्रहरुमा देख्न पाइन्छ।

केही-केही कलाकारले त छोरी अथवा नातिनी भन्न लायक उमेरका नायिकाहरुसँग रोमान्स गरेको उदाहरणहरु पनि छन्। यसरी आफू भन्दा धेरै उमेरका नायकहरुसँग रोमान्स गर्न नायिकाहरुमा पनि हिचकिचावट नभएको पाइन्छ। धेरै उमेर भएका नायकहरुसँग रोमान्स गरिसकेका नायिकाहरु निम्न छन्।

अनुष्का शेट्टी(Anushka Shetty) :  दक्षिण भारतीय चलचित्र क्षेत्रमा अत्याधिक चर्चित रहेकी अनुष्का शेट्टीलाई धेरैले ‘बाहुबली(Baahubali)’ चलचित्रकी देवसेनाको रुपमा चिन्छन्। हालसम्म कैयन् दक्षिण भारतीय चलचित्रमा काम गरिसकेकी अनुष्काले चलचित्र ‘डन नम्बर १’ मा साउथमा सुपरस्टार नागार्जुन(Nagarjuna)सँग रोमान्स गरेकी थिइन्। अनुष्का नागार्जुन भन्दा २२ वर्ष कान्छी हुन्।

रकुल प्रीत सिंह(Rakul Preet Singh) : दक्षिण भारतीय चलचित्र क्षेत्रमा अत्यधिक चर्चित रकुल प्रीत सिंहले बलिउडमा पनि काम गरिसकेकी छन्। रकुललाई बलिउड तथा दक्षिण भारतीय चलचित्र क्षेत्रकै सुन्दर नायिकाको रुपमा लिने गरिन्छ। उनले केही समय अगाडी चलचित्र ‘मनमधुदू २(Manmadhudu 2)’ मा सुपरस्टार नागार्जुनसँग रोमान्स गरेकी थिइन्। यी दुई बीचको उमेर अन्तरको कुरा गर्नुपर्दा ३१ वर्ष छ।

साई मञ्जरेकर(Saiee Manjrekar) : सलमान खान(Salman Khan)को ‘दबंग ३(Dabangg 3)’बाट साई मञ्जरेकरले डेब्यु गरेकी थिइन्। चलचित्रमा साई मञ्जरेकरलाई सलमान खान(चुलबुल पाण्डे)की प्रेमिकाको रुपमा प्रस्तुत गरिएको थियो। मञ्जरेकर र सलमानको उमेर अन्तर ३३ वर्ष छ।

नयनतारा(Nayanthara) : दक्षिण भारतीय चलचित्र क्षेत्रका भगवानको रुपमा चिनिने रजनीकान्त(Rajinikanth) उमेरले ७० वर्ष पुगिसके । तर, चलचित्रहरुमा भने उनी कम उमेरका नायिकाहरुसँग रोमान्स गर्दै देखिने गरेका छन्। अघिल्लो वर्ष मात्र मात्र रिलिज भएको फिल्म ‘दरबार’ मा उनले नायिका नयनतारासँग रोमान्स गरेका थिए। यी दुई बीचको उमेर अन्तर ३४ छ। यो फिल्म खेल्दा उनी ६९ वर्षका थिए।

तमन्ना भाटिया(Tamanna Bhatia) : तमन्ना बलिउड तथा दक्षिण भारतीय चलचित्र क्षेत्र दुवैतिर चर्चित छिन्। तमन्नाले सैरा नरसिम्हा रेड्डी(Sye Raa Narasimha Reddy) फिल्ममा साउथ स्टार चिरञ्जीवी(Chiranjeevi)सँग रोमान्स गरेकी थिइन्। यी दुई बीच ३५ वर्षको उमेर अन्तर छ।

प्रकाशित : आइतबार, बैशाख १९, २०७८१४:१३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

ठूला स्तन भएकै कारण बलिउडमा छाए यी ६ अभिनेत्री