जब सनीले रणदीप र अरुणोदयसँग यस्तो अनौठो शर्त राखिन्, चकित परे सबैजना

एजेन्सी : इन्डो-क्यानेडियन पूर्व वयस्क चलचित्र अभिनेत्री तथा बलिउड अभिनेत्री सनी लियोनी चलचित्रभन्दा बढी निजी जीवनका कारण चर्चामा आइरहन्छिन् । उनको जीवनको अधिकांश समय विवादमै बित्ने गरेको छ ।

सनी जति विवादमा तानिए पनि उनी ती विवादको डटेर सामना गरिरहन्छिन्। उनले भारतीय टेलिभिजनको चर्चित र विवादित रियालिटी सो ‘बिग बोस ५(Bigg Boss – Season 5)’ बाट बलिउडमा पाइला चालेकी थिइन् । यो सोमा रहिरहँदा उनलाई अभिनेत्री, निर्माता तथा निर्देशक पूजा भट्ट(Pooja Bhatt)ले चलचित्र ‘जिस्म २(Jism 2)’ मा अनुबन्ध गराएकी थिइन् ।

चलचित्रमा उनले अभिनेता रणदीप हुड्डा(Randeep Hooda) र अरुणोदय सिंह(Arunoday Singh)सँग कैयौं रोमान्टिक दृश्य दिएकी थिइन् । सनीले दुवै अभिनेतासँग बो,-‘०ल्ड दृश्य दिनका लागि एउटा अनौठो सर्त राखेकी थिइन्, जुन सर्त सुन्दा चलचित्र युनिटका अन्य सदस्य चकित परेका थिए ।

सनीले यस्तो दृश्य दिनका लागि रणदीप र अरुणोदयसँग एचआईभी परीक्षणको मेडिकल रिपोर्ट मागेकी थिइन्। उनले आफ्नो सर्त बलिउडका चर्चित कलाकारलाई भने लागू नहुने जनाएकी थिइन् । सनीले नयाँ कलाकारका लागि मात्र यो सर्त राखेकी थिइन्। उनले लामो समयसम्म आफूले सम्झौता गरेका प्रोजेक्टमा काम गर्नुअघि सबैलाई एचआईभी परीक्षण रिपोर्ट अनिवार्य पेस गर्नुपर्ने सर्त राखेको बताइएको छ ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८१३:१०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कोरोना पीडितको सहयोगार्थ जोन अब्राहमले गरे यस्तो….