एजेन्सी : कोरोनाको कहरले भारतमा अवस्था भयावह भएको छ । भारतलाई सामान्य अवस्थामा फर्कन् निकै कठिन देखिएको छ । त्यहाँ दिनानुदिन कोरोना कहर बढ्दै गईरहेको छ। यस महामारीको समयमा थुप्रै बलिउड सेलिब्रेटीहरु आममानिसलाई सहयोग गर्न अगाडी आएका छन्। जोन अब्राहमले पनि सहयोगको लागि हात बढाएका छन्। उनले आफ्नो सोशल मिडिया अकाउन्ट्स एनजिओलाई जिम्मा दिएका छन्।
जोन आफैँले सामाजिक सञ्जालबाट यसको जानकारी दिएका हुन्। जोनले लेखे – ‘हाम्रो देश यतिबेला मुश्किल परिस्थितिसँग लडिरहेको छ। हरेक बितिरहेको मिनेटसँगै अक्सिजन, आईसियु बेड, भ्याक्सिन र खानाको व्यवस्था गर्न सकिरहेका छैनन्। यद्यपि यस मुश्किल घडीमा हामी सबै एक-अर्कालाई मद्दत गरिरहेका छौं।’
जोनले अगाडी लेखे, ‘आजबाट म आफ्ना सम्पूर्ण सोशल मिडिया अकाउन्ट्स हाम्रो सहयोगी एनजिओलाई जिम्मा लगाउन चाहन्छु। मेरो अकाउन्टबाट त्यस्ता पोस्टहरु मात्र पोस्ट हुनेछन्, जसले मानिसलाई मद्दत पुर्याउँछ। यो मुश्किल घडीबाट माथि उठ्न हाम्रो मानवता प्रसार गर्ने समय हो। यो लडाई जित्नको जे पनि गर्नेछौं। घरमै बस्नुहोला र सुरक्षित रहनुहोला।’
जोन अब्राहमको फिल्म सत्यमेव जयते २(Satyameva Jayate 2) ईदमा रिलिज हुने तयारीमा थियो। तर कोभिड महामारीले लिएको भयावह रुपको कारण रिलिज डेट पोस्टपोन गरिएको छ। जोन यो बाहेक फिल्म ‘पठान’ मा पनि देखिनेछन्।