सुतेको ठाउँमा ११ वर्षीय बालिका नभेटिएपछि घरमा हल्लीखल्ली, खोज्दै जाँदा आश्चर्य तुल्यायो

सल्यान : जिल्लामा बालविवाह न्यूनीकरणसम्बन्धी विभिन्न अभियानहरू सञ्चालन भए पनि बालविवाह गर्ने क्रम रोकिएको छैन । पछिल्लो समय जिल्लाको बनगाड कुपिण्डे नगरपालिकामा भएको बालविवाहले सवैलाई आश्चर्य तुल्याएको छ । ११ वर्षकी बालिका र १४ वर्षीय किशोरबीच प्रेम मात्रै भएन । स्थानीय विद्यालयमा कक्षा ६ मा अध्ययनरत दुवैले प्रेमपछि भागेर विवाह गर्ने निधो गरे ।

पढेर भविष्य निर्माण गर्नका लागि विद्यालय गएका किशोरले भगाएर ११ वर्षीय बालिकालाई टीकाटालोसमेत गरेर घर भित्र्याउने तयारी गरेका थिए । यही १३ वैशाखमा खाना खाएर बालिकको घरमा सबै सुतिसकेपछि किशोर बालिकालाई लिन बालिकाको घरमा पुगे । बिहान सुतेको ठाउँमा बालिका नभेटिएपछि घरमा हल्लीखल्ली भयो । गाउँमा खोज्दै जाने क्रममा किशोरले विवाह गरेर ल्याएको थाहा पाएपछि बालिकाको बुबाले बालिकालाई फिर्ता लिएर प्रहरीमा पुगे । यो खबर सौर्य राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित छ।

उमेर नपुगेको बालिकालाई ललाइफकाई विवाह गरेको भन्दै विवाह गर्ने र किशोर र उनका बुबालाई प्रहरीमा जाहेरी दिएपछि सोही जाहेरीका आधारमा प्रहरीले आरोपितहरूलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । बालिकालाई लिएकै दिन किशोरसँगै सुतेकोले कर,-‘०’णीसमेत भएको भन्ने जाहेरीका आधारमा प्रहरीले बालिकाको स्वास्थ्य परीक्षणसमेत गरेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रवक्ता तथा प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

आरोपित किशोरले समेत आपूmहरूसँगै सुतेको प्रहरीसमक्ष वयान दिएकोले जवरजस्ती कर ,०”णीअन्तर्गत मुद्दा चल्ने पौडेलको भनाइ छ । सुरुमा प्रहरीले किशोरका बाबुलाई पक्राउ गरेको भए पनि विवाहमा उनको संलग्नता नदेखिएकोले प्रक्रिया पु¥याएर छोड्ने तयारी भइरहेको प्रहरीको भनाइ छ । तर, विवाहमा किशोरका भाउजूले भने दुवै जनालाई टीकाटालो गरिदिएको भन्ने सूचनाका आधारमा अनुसन्धान हुने प्रहरीको भनाइ छ ।

प्रकाशित : शुक्रबार, बैशाख १७, २०७८१२:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

२१ सेकेन्डमै दिसा खलास, तर मानिसले किन घन्टौं लगाउँछन् ?