२१ सेकेन्डमै दिसा खलास, तर मानिसले किन घन्टौं लगाउँछन् ?

काठमाडौँ :  दिसा खलास गर्न लाग्ने समय कति हो ? यसको उत्तर व्यक्तिपिच्छे फरक हुनसक्छ । कसैले दिसा नै खुलेन भन्लान्, कसैले दुई दिन भयो भन्लान् तर कसैले बिहानै पेट सफा भयो भन्लान् तर विज्ञानले दिसा खलास हुने औसत समय निकालेको छ ।

जस अनुसार पृथ्वीका सबै स्तनधारीको पेट सफा गर्ने औसत समय भनेको २१ सेकेन्ड हो । जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजी(Georgia Institute of Technology)को अनुसन्धानले २.७ किलो भन्दा बढी तौल भएका अधिकांश स्तनधारी(Mammal)ले २१ सेकेन्डमै दिसा खलास गर्छन्।

यसो हो भने प्रायः मानिसले धेरै समय किन लगाउँछन् ? यसकोउत्तर हो खानपिन र रहनसहनका तौरतरिका । उच्च फाइबर युक्त खाना(Fibre rich foods) नखाने, प्रशोधित खाद्यवस्तु(Refined foods) खाने तथा सुत्ने र उठ्ने समय व्यवस्थित नहुँदा धेरै जसो मानिस कब्जियत(Constipation)ले पीडित हुन्छन् । यो खबर युवामञ्च राष्ट्रिय मासिक पत्रिकामा प्रकाशित छ।

प्रकाशित : शनिबार, बैशाख १८, २०७८११:३४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

महँगो मर्सिडिज कार चढेर भत्ता लिन वडा धाउँछन् धनाढ्यमा गनिने व्यापारी