एजेन्सी : सामान्यतया हाम्रो नेपाली समाजमा २० देखि ३५ वर्षको अन्तरालमा विवाह गर्ने गरिन्छ। सकेसम्म नेपालीहरु ३० वर्ष भित्र विवाह गर्छन्। तर कलाकारहरुको जीवनमा विवाहले ढिलो मात्र ठाउँ पाउने गरेको देख्न सकिन्छ। नेपाली चलचित्र क्षेत्रमा मात्र नभई बलिउडमा पनि ढिलो विवाह गर्ने कलाकारहरु देख्न सकिन्छ। यस्तै ढिला विवाह गर्ने केही बलिउड कलाकारहरुको बारेमा आज हामी यस लेखमा चर्चा गर्ने छौँ।
उर्मिला मातोडकर(Urmila Matondkar) : बलिउडकी रंगीला गर्ल उर्मिलाले मोहसिन अख्तर मीर(Mohsin Akhtar Mir)सँग सन् २०१६ मा विवाह गरेकी थिइन्। ४२ वर्षको उमेरमा विवाह गरेकी उर्मिलाको अहिले सम्म कुनै बच्चा भने छैनन्। उनले धेरै ढिला विवाह गरेकी थिइन्।
प्रिटी जिन्टा(Preity Zinta) : अहिले बलिउड चलचित्रहरुमा खासै देखा नपर्ने प्रिटी जिन्टा कुनै समयमा धेरै चलेकी थिइन्। धेरै समय पछि प्रिती चलचित्र ‘भैयाजी सुपरहिट’मा देखा परेकी थिइन्। उनले जेने गुडइनफ(Gene Goodenough)सँग ४१ वर्षको उमेरमा विवाह गरेकी थिइन्।
नीना गुप्ता(Neena Gupta) : बलिउडकी पुरानी नायिका नीना गुप्ताले पनि धेरै ढिलो विवाह गरेकी थिइन्। ४९ वर्षको उमेरमा विवेक मेहरा(Vivek Mehra)सँग विवाह गरेकी थिइन्। धेरै ढिला विवाह गरेको कारण नीना गुप्तालाई हजुर आमा बन्ने उमेरमा विवाह गर्ने नायिका पनि भन्ने गरिन्छ।
सुहासिनी मुले(Suhasini Mulay) : बलिउडमा मात्र नभई सानो पर्दामा पनि चर्चित रहेका नायिका सुहासिनीले विवाह गरेको उमेर सुनेर धेरैलाई अचम्म लाग्न सक्छ। यी नायिकाले २०११ मा अतुल गुर्टू(Atul Gurtu) नाम गरेका एक डाक्टरसँग विवाह गरेकी थिइन्। सुहासिनीले पनि हजुर आमा बन्ने उमेरमा विवाह गरेकी थिइन्।