एजेन्सी : भारतीय अभिनेत्री सामन्था रूथ प्रभु(Samantha Akkineni) तेलुगु र तमिल चलचित्र उद्योगहरूमा स्थापित छिन्। उनी आफ्नो अलग अन्दाज र सुन्दरताको कारण चर्चित छिन्। सामन्था दक्षिण भारतीय चलचित्र क्षेत्रको सर्वाधिक रुचाईएको कलाकार हुन्। उनको अभिनयलाई दर्शकले असाध्यै मन पराउँछन्। २८ अप्रिल सन् १९८७ मा चेन्नईमा जन्मेकी सामन्था अक्किनेनी आज आफ्नो ३४ औं जन्मदिन मनाउँदै छिन्। आज उनको जन्मदिनको खास अवसरमा उनीसँग जोडिएका केही खास कुराहरु तपाईमाझ पस्किन्छौँ।
सन् २०१० मा फिल्म ‘या माया चेस्वे(Ye Maaya Chesave)’ बाट आफ्नो फिल्मी करियरको सुरुवात गरेकी अभिनेत्री सामन्था अक्किनेनीको अहिले हरेक वर्ष कम्तीमा पनि तीन-चार फिल्म रिलिज हुन्छन्। लगातार हिट फिल्म दिने सामन्थाले कुनैबेला पैसाको अभावमा फिल्म इन्डस्ट्रीमा कदम राखेकी थिईन्। यस अघि उनी सानोतिनो पार्ट टाइम जब गर्थिन् तर त्यतिले मात्र उनको गुजारा भईरहेको थिएन्। त्यसपछि उनले फिल्म क्षेत्रमा प्रवेश गर्ने निधो गरिन् र अहिले उनी इन्डस्ट्रीको टप एक्ट्रेसेस मध्ये एक हुन्। भारतीय सञ्चारमाध्यमहरुका अनुसार सामन्था ८० करोड सम्पत्तिकी मालिक्नी हुन्।
सामन्थाले अहिलेसम्म तमिल, मलयालम र तेलुगुमा कैयन सुपरहिट फिल्महरु दिईसकेकी छिन्। मुख्य रुपमा तमिलमा विजय सेतुपतिसँगको उनको फिल्म मर्सेल(सन् २०१७) र तेलुगुमा रामचरणसँगको फिल्म ‘रंगस्थलम(सन् २०१८)’ सामन्थाको लागि सुपरहिट साबित भयो। सन् २०१३ मा सामन्थाले ‘निथाने एन पुनवसन्तम(Neethaane En Ponvasantham)’ (सन् २०१२) र ‘इगा(Eega)’ (सन् २०१२) चलचित्रमा अभिनयका लागि, एकै वर्षमा सर्वश्रेष्ठ तमिल अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार र सर्वश्रेष्ठ तेलुगु अभिनेत्रीको लागि फिल्मफेयर पुरस्कार आफ्नो पोल्टामा पारिन्। उनी तेलुगू र तमिल दुवैको लागि सर्वश्रेष्ठ अभिनेत्रीको अवार्ड जित्ने दोस्रो अभिनेत्रीबनेकी थिइन्।
सामन्था अक्किनेनी साउथ इन्डस्ट्रीको उत्कृष्ट अभिनेत्री मध्ये एक हुन्, यसको साथै उनी आफ्नो फेशन सेन्सको लागि चिरपरिचित छिन्। सामन्थाको ड्रेसिङ सेन्स प्राय: चर्चामा आइरहन्छ। मानिसहरु उनको ड्रेसिङ सेन्सको कपी समेत गर्छन्। उनी प्राय: सिम्पल लुकमै देखा पर्छिन्, तैपनि मानिसहरुका ध्यान आफूतिर खिच्छिन्।
साउथ फिल्मका सुपरस्टार नागार्जुन(Nagarjuna)का छोरा तथा अभिनेता नागा चैतन्य(Naga Chaitanya)सँग सामन्था अक्किनेनी सन् २०१७ मा वैवाहिक बन्धनमा बाँधिईन्। उनीहरुका घर हैदराबादको प्राइम लोकेसनमा छ। सामन्था अक्किनेनी र नागा चैतन्यको घरमा एक ठुलो थियटर छ, जहाँ पूरा परिवार आरामसँग बसी फिल्म हेर्न सक्छन्।
सामन्था अक्किनेनीलाई फार्मिङ ठुलो सोख छ। उनले आफ्नो घरमै ठुलो फार्म बनाएकी छिन्, उनले आफैँ ताजा सागसब्जी उमार्छिन्।
सामन्था र नागा चैतन्यको विवाहलाई रोयल वेडिङ मानिन्छ, किनकी त्यतिबेला विवाहमा करिब १० करोड भारु खर्च गरिएको थियो। विवाहपछि हैदराबादमा ग्राण्ड रिसेप्शन आयोजना गरिएको थियो, जसमा बलिउड, टलिउड र राजनीतिक जगतका ठुल्ठुला हस्तीहरुले उपस्थिति जनाएका थिए। विवाहपछि सामन्था र नागा चैतन्य ४० दिनको लामो हनिमूनमा गएका थिए।