पञ्चमीमा बुध र राहु एकै राशिमा आउने : यो अशुभ संयोगले यी ४ राशिको जीवनमा ल्याउनेछ हलचल

काठमाडौँ : मे महिनाको पहिलो दिन अर्थात् वैशाख १८ गते शनिबार पञ्चमीको दिन बुध ग्रहले राशि परिवर्तन गर्दैछ। मे १ तारिख बिहान ६ बजेर ०४ मिनेटमा बुध मेषबाट वृष राशिमा परिवर्तन गर्नेछ। बुध वृष राशिमा २६ मे(जेठ १२ गते) सम्म रहनेछ।

ज्योतिष शास्त्रका अनुसार बुध ग्रह बुद्धि, वाणी, व्यापार, बैंकिङ आदिको कारक ग्रह हो। वृष राशिमा बुधको प्रवेशले सम्पूर्ण राशिमा फरक-फरक प्रभाव पार्नेछ।

वृष राशिमा बुध र राहु : राहु हाल वृष राशिमा छ। बुधको राशि परिवर्तन पश्चात बुध र राहु एकै राशिमा हुनेछन्। यस्तो हुँदा अशुभ योगको निर्माण हुने ज्योतिषशास्त्रमा उल्लेख गरिएको छ। बुध र राहु एक हुँदा बन्ने अशुभ योगलाई जडत्व योग भनिन्छ। यस्तो योगले विभिन्न राशि हुनेहरुको जीवनमा आर्थिक समस्या खडा गर्नेछ।

जडत्व योगको सबै भन्दा बढी प्रभाव कसलाई ?

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : जडत्व योग बनेका कारण मिथुन राशि हुनेहरुको जीवनमा आर्थिक समस्या बढ्नेछ। अनावश्यक क्षेत्रमा खर्च हुनेछ। यस अगाडी गरिएका लगानीले प्रतिफल नदिँदा आर्थिक रुपमा कम्जोर भैनेछ। नयाँ व्यवसाय शुरु गर्ने योजना पनि विफल हुनेछन्। सकेसम्म केहि चिजको पनि किनबेच नगरेकै उचित होला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) :  राहु र बुध ग्रहको भेट हुँदा तुला राशि हुनेहरुको जीवनमा समस्या बढ्नेछ। स्वास्थ्यले साथ नदिँदा दैनिकी प्रभावित हुनेछन्। आर्थिक रुपमा पनि समस्या बढ्नेछन्। पारिवारिक कलहको असर व्यवसायमा पनि पर्न सक्ने हुँदा सचेत रहनुपर्ला। सवारी साधन चलाउँदा तथा यात्रा गर्दा संयमता अपनाउनुपर्ने पनि देखिन्छ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) :  राहु र बुध ग्रह एक साथ हुँदा धनु राशि हुनेहरुको जीवनमा धेरै नै नकारात्मक परिवर्तन हुने देखिन्छ। स्वास्थ्यमा समस्या देखिनेछ। शत्रुहरु हावी हुन सक्ने हुँदा सतर्क रहन आवश्यक रहनेछ। बिना कारण उठ्ने रिसले समस्या पैदा गर्न सक्ने देखिन्छ। कानुनी रुपमा पनि समस्या बढ्न सक्ला। सकेसम्म नयाँ क्षेत्रमा लगानी गर्न केहि समय कुर्दा उचित हुनेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) :  कुम्भ राशि हुनेहरुको जीवनमा विभिन्न उतार-चढाव हुनेछ। कार्यक्षेत्रमा अवरोध शिर्जना हुनेछन्। आफ्ना सोचिएकाबाटै धोका हुँदा मन विचल्लित रहनेछ। सम्पन्न हुन लागेका कार्य पनि दोहोर्याउनुपर्ने समय आउने देखिन्छ। सके सम्म यात्रा नगरेकै राम्रो होला। परिवारमा पनि कलह बढ्न सक्ने हुँदा बोलिमा नियन्त्रण आवश्यक रहला।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८१८:३१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि वैशाख १५ गते बुधवार : विषम परिस्थितिमा तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?