भोलि वैशाख १५ गते बुधवार : विषम परिस्थितिमा तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?

पञ्चाङ्ग : – ।।।। दिन – बुधवार ।।।। नक्षत्र – विशाखा , २०:१५ बजे उप्रान्त अनुराधा ।।।।  तिथि – प्रतिपदा ७:३३ बजेदेखि द्वितीया , २९:०६ बजे उप्रान्त चतुर्थी ।।।।  करण – कौलव ७:३३ बजेदेखि तैतिल , १८:१९ बजे उप्रान्त वव ।।।। योग – व्यतीपात , १८:४७ बजे उप्रान्त वरियान् ।।।। प्रतिपदा, वैशाख कृष्णपक्ष ।।।। चौलागा, ११४१ ने.सं. ।।।। वैशाख १५, २०७८ ।।।। २८ अप्रिल २०२१।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : तपाईको दिनको प्रारम्भ आनन्दमा बित्नेछ। शारीरिक र मानसिक स्वास्थ्य राम्रो रहनेछ। मध्यान्नपछि नयाँ कार्यको आरम्भ नगर्नुहोला। बोलि र व्यवहारमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। आध्यात्मिक सिद्धि प्राप्त गर्नको लागि दिन राम्रो रहनेछ। रहस्यमय विषयमा , गूढ़ विद्या प्रति आकर्षणको अनुभव गर्नुहुनेछ। गहन चिन्तन-मननले मनलाई शान्ति प्रदान गर्नेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : व्यवसायीले प्रसिद्दि र सफलता प्राप्त गर्नेछन्। सहकर्मीको पूर्ण सहकार मिल्नेछ। आर्थिक लाभ गर्नुहुनेछ। प्रतिस्पर्धीलाई आश्चर्य हुनेछ। मध्यान्नपछि मनोरंजनको दुनियामा रमाउनुहुनेछ। प्रियपात्रसँग भेट हुँदा मन प्रफुल्लित रहनेछ। कपडा र उपयोगी सामानमा खर्च हुनेछ। साथै मान सम्मान पाउनुहुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : तपाईको दिन बौद्धिक कार्य र चर्चामा बित्नेछ। तपाईले आफ्नो कल्पनाशक्ति र सिर्जनशक्तिलाई काममा जोड दिनुहुनेछ। शारीरिक र मानसिकरुपले सावधान रहनुहुनेछ। मध्यान्नपछि व्यवसायिक वर्गले व्यवसायमा लाभ प्राप्त गर्नेछ। घरमा शान्तिमय वातावरण बनिरहनेछ। तपाई विरोधि र प्रतिस्पर्धी समक्ष विजयी हुनुहुनेछ। सहकर्मचारीको सहयोग मिल्नेछ ।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : निराशा मानसिकरुपले अस्वस्थ बनाउनेछ। जसकारण शारीरिक रूपले अस्वस्थताको अनुभव गर्नुहुनेछ। भ्रमणको लागि दिन अनुकूल रहेको छैन। मध्यान्नपछि सुख-शान्ति अनुभव गर्नुहुनेछ। मित्रबाट सहयोग प्राप्त गर्नुहुनेछ। शारीरिक उर्जाको अनुभव हुनेछ। अधिक विचारले मन विचलित हुनेछ।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : छोटो भ्रमण हुन सक्ला। विदेशबाट शुभ समाचार प्राप्त गर्नुहुनेछ। धन लाभ हुनेछ। नयाँ कामको लागि शुभ समय रहेको छ। लगानी गर्नको लागि शुभ समय रहेको छ। मध्यान्नपछि अधिक सहनशील रहनुहुनेछ। मानसिक निराशा अनुभव गर्नुहुनेछ। शारीरिक स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ला।

कन्या राशि  – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : कलात्मक र सिर्जनात्मक शक्तिमा निर्धारपूर्वक निखार आउनेछ। शारीरिक र मानसिक रूपले स्वस्थ रहनुहुनेछ। वैचारिक दृढ़ता र समतोल विचारधाराबाट कार्य सम्पन्न गर्नुहुनेछ। कपडा र मनोरंजनमा खर्च हुनेछ। मध्यान्नपछि मन दुविधायुक्त स्थितिमा रहनुहुनेछ। जसकारण निर्णय लिन कठिनता अनुभव गरुहुनेछ। परिवारसँग सकेसम्म वाद-विवाद टाल्नुहोला।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : उग्र र असंयमित व्यवहारले समस्या उत्पन्न गर्नेछ। आफन्तसँग केहि अनिष्ट घटना घट्न सक्छ। मध्यान्नपछि शारीरिक, मानसिक स्वास्थ्यको ध्यान राख्न सक्नुहुनेछ। आर्थिक विषयलाई व्यवस्थित रूपले आयोजन गर्न सक्नुहुनेछ। तपाइको आत्मविश्वास बढ्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : व्यवसायिक क्षेत्रमा लाभ हुनेछ। परिवार-जीवनमा आनन्द वातावरण रहनेछ। कार्यमा पदोन्नति हुनेछ। मित्रसँग बाहिर घुम्न जानुहुनेछ। व्यापारीवर्गको लागि लाभदायक दिन रहेको छ। अविचारी कार्य अथवा व्यवहारले समस्या उत्पन्न गर्नेछ। व्यवसायिक क्षेत्रमा उच्च स्वरमा बोल्नुभन्दा पहिला आफ्नो गरिमामा ध्यान राख्नुहोला।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : दिन घरायसी जीवनको दृष्टिले आनन्दमय रहनेछ। परिवारसँग आनन्द वातावरण बनिरहनेछ। व्यवसायमा पदोन्नतिको योग रहेको छ। व्यवसायिक क्षेत्रमा अनुकुल वातावरण रहनेछ। सहकर्मचारीसँग सहकार मिल्नेछ। मध्यान्नपछि मित्रसँग भेट हुनेछ र कुनै मनोहर स्थलसँग घुम्न जानुहुनेछ। आय वृद्दि हुने योग रहेको छ। व्यापारी वर्गबाट व्यापारमा लाभ मिल्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : बौद्धिक कार्य, नवसर्जन र लेखन-प्रवृत्तिमा अल्झि रहनुहुनेछ। नयाँ कार्य प्रारम्भ गर्नुहुनेछ। लामो भ्रमण वा धार्मिक यात्राको आयोजन होला। व्यवसायल लाभको अवसर मिल्नेछ। स्वास्थ्यको ध्यान राख्नुहोला। मध्यान्नपछि पारिवारिक जीवनमा हर्षोल्लासको वातावरण बनिरहनेछ। आमाको तर्फबाट लाभ मिल्नेछ। उत्तम सुख प्राप्त हुनेछ। सरकारी कार्यमा सफलता मिल्नेछ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : अस्वस्थ महसूस गर्नुहुनेछ तर मध्यान्नपछि मानसिक रूपले स्वस्थ रहनुहुनेछ। काम गर्नमा उत्साहको अभाव रहनेछ। अफिसमा उच्च पदाधिकारीबाट बचेर रहनुहोला। मोज-शोकमा खर्च हुनेछ। यात्रा हुने योग रहेको छ । विदेशगमन हुने सक्ने सम्भावना रहेको छ। विदेशबाट समाचार मिल्नेछ। सन्तानको विषयमा चिन्ता रहनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : बोलि र व्यवहारमा ध्यान राख्नुहोला। स्वास्थ्यको विशेष ध्यान राख्नुहोला। गूढ विद्याको ज्ञान प्राप्त गर्नको लागि राम्रो दिन रहेको छ। मध्यान्नपछि विदेश स्थित मित्र तथा आफन्तको समाचार मिल्नेछ। व्यवसायिक स्थलमा सहयोग प्राप्त हुनेछ। कसैसँग वाद-विवादमा नपर्नुहोला।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८२०:३२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज वैशाख १५ गते बुधवार : अहिलेको विषम घडीमा तपाईको दिन शुभ-अशुभ कस्तो रहला ?