५०० बोकेर मुम्बई आएकी दिशाले एकाएक ५ करोडको घर किनेपछि…

एजेन्सी : बलिउड  एक्ट्रेस दिशा पाटनी  प्राय आफ्नो हट तस्विर र टाइगरसँगको  अफेयरको कारण चर्चामा रहन्छिन्। दिशा यस्तो एक्ट्रेसमा एक हुन्, जसले कम समयमा नै सफलता हासिल गर्न सफल भयो ।

कम समयमा नै फेमस भएकी दिशा अहिले निकै सुन्दर घरमा बस्छिन्। मुम्बईमा जम्मा ५०० रुपैँया लिएर आएकी दिशाको अहिले करोडौँको घर छ।  दिशाले केही वर्ष पहिले ५ करोडको घर किनेकी थिइन्। दिशाले आफ्नो लागि छुट्टै घर बनाएकी छिन्, जहाँ उनी एक्लै बस्छिन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार दिशाको नेट वर्थ लगभग १२ मिलियन रहेको छ।

दिशाको घरको सबै डिजाइन एक डिजाइनर कम्पनीद्वारा गरिएको हो।  उनको घरमा पुरानो जमानाको शाही सामान प्रयोग गरिएको छ।यो बाहेक घरमा सानो सानो पेंटिग्स पनि छ, जुन भित्तामा राखिएको छ।

दिशाले २०१५ मा  तेलगू फिल्म लोफर(Loafer)बाट डेब्यू  गरेकी थिइन्। त्यसपछि बलिउडमा २०१६ सालमा  फिल्म ‘एमएसधोनी-द अनटोल्ड स्टोरी(M.S. Dhoni: The Untold Story)’ बाट डेब्यू गरेकी थिइन्। यो फिल्मबाट उनले हरेकको मन जित्न सफल भईन्।

फिल्मभन्दा पहिला दिशाले भूषण कुमारको एल्बम बेफिक्रा(Befikra)मा काम गरेकी थिइन्। यो एल्बममा उनीसँग टाइगर श्राफ पनि थिए। यसै क्रममा दिशा र टाइगर प्रेममा परेका थिए।  यी दुई पछिल्लो ४ वर्षदेखि डेट गरिरहेका छन्। यद्यपि उनीहरुले कहिल्यै पनि खुलेर आफ्नो रिलेशनको कुरा गरेका छैनन्। दिशाले सुपरस्टार सलमान खानसँग फिल्म ‘भारत’ मा काम गरिसकेकी छन्।

प्रकाशित : मङ्गलबार, बैशाख १४, २०७८११:१५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

बुढेसकालमा उर्लेको बैंश, हजुरआमा बन्ने उमेरमा विवाह गरे यी बलिउड नायिकाले