काठमाडौँ : अझै पनि हाम्रो समाजमा सरकारी जागिर गर्नेको सान, मान र ईज्जत नै छुट्टै हुन्छ। छोरीको बिहे गर्नु पर्यो भने पहिला जागिर के गर्नु हुन्छ भनेर सोधिन्छ र यदि सरकारी जागिरे रैछ भने ल छोरी पाल्न सक्छ भनेर विश्वास गरिन्छ।
बेरोजगारीले थलिएका धेरै शिक्षित युवाहरु लोक सेवा र सरकारी जागिरको प्रतीक्षा गर्दा-गर्दै जीवनको लगभग आधा समय नै बिताईदिन्छन। प्राईभेट जागिर भन्दा सरकारी जागिरको क्रेज कति छ भनेर त २ सय मागेको ठाउमा २ हजार युवाहरुले फाराम भरेको देख्दा नै थाहा पाऊनु हुन्छ।
तर यहाँ यस्तो व्यक्तिहरु पनि छन् ,जसले हुँदा खाँदाको सरकारी जागिर छाडेर कलाकारितामा लाग्ने मुर्खता गरेका छन्। उनीहरुले नराम्रो गर्न खोजे ,यो त बिलकुलै होइन, किनकि मानिसले जुन सुकै काम गर्दा पनि आफुलाई सुहाउने र आफ्नो रुचि के मा छ त्यहि गर्नु पर्छ,अनि मात्र सफल हुन सकिन्छ। आजज हामी सरकारी जागिर छाडेर कलाकारितामा नाम र दाम कमाउन सफल ५ कलाकारहरुको बारेमा कुरा गर्न गईरहेका छौ।
१ – अर्जुन घिमिरे(Arjun Ghimire) : आफ्नो दाइ आर्मीमै भएकाले संकटकालको समयमा सेनामा भर्ती भएका अर्जुन घिमिरेले माओवादी र सरकारबीचको दोहोरो भीडन्त चलेको बेला राजिनामा दिएका थिए।
त्यसपछि उनले कुमार कट्टेलसँग मिलेर भद्रगोल नामको टेली सिरियल निर्माण गरे। सरकारी जागिर नफापेको उनलाई कलाकारिता भने लक्की साबित भयो। हाल उनी नेपालका एक सफल हास्यकलाकारको रुपमा चिनिन्छन्।
२ – दिपकराज गिरी(Dipak Raj Giree) : चलचित्र क्षेत्रका सफल निर्माता तथा सफल कलाकार दिपकराज गिरीलाई पनि सरकारी जागिरले खासै पत्याएन।
उनले जम्मा-जम्मी चार दिन असईको तालिम लिएका थिए र गाह्रो लागेर छोडेर भागेका थिए। त्यस पश्चात कलाकारितामा होमिएका उनले आज सम्म पनि पछाडी फर्किएर हेर्नु परेको छैन।
३ – धिरेन शाक्य(Dhiren Shakya) : धिरेन शाक्य पेशाले ब्रिटिस आर्मी थिए। कलाकारिताको भुत चढ्न थाले पछि उनले सरकारी जागिर छाडेका हुन् ।
कलाकारिता क्षेत्रमा जीवनका लगभग दुइ दशक पार गरिसकेका उनले चलचित्र चेलीबाट अभिनय यात्राको थालनी गरेका हुन्। १९९० बाट कलाकारितामा लागेका उनको पछिल्लो चलचित्र ‘यात्रा ,द म्युजिक भ्लग’ हो जसले दर्शकको निकै राम्रो साथ् पाएको थियो।
४ – तुलसी घिमिरे(Tulasi Ghimire) : तुलसी घिमिरे पनि कलाकारितामा लाग्नु अघि भारतीय सेनामा जागिरे थिए। बच्चै देखिको कलाकारितामा शोख भएको कारणले उनले ६ महिना सेनाको ट्रेनिङ लिएपछि छाडेका थिए।
बलिउड ईन्डस्ट्रिजबाट चलचित्र यात्राको थालनी गरेका उनि नेपाली चलचित्र क्षेत्रमा स्थापित भए। उनको दक्षिणा, कुसुमे रुमाल, लाहुरे ,देउता ,बलिदान लगायत दर्जनौ सफल र चर्चित चलचित्रहरु रहेका छन्।
५ – प्रशान्त तामाङ(Prashant Tamang) : भारतीय चर्चित रियालिटी सो ‘ईन्डियन आईडल २००७ ‘को बिजेता समेत रहेका प्रसान्त तामाङ पिताको मृत्युपश्चात कोलकत्ता पुलिसमा भर्ती भएका थिए।
नेपाली मुलका भारतीय नागरिक प्रशान्त कलाकारितामा नै धेरै नै व्यस्त हुन थालेपछि सरकारी जागिर छाडेका थिए। उनले थुप्रै नेपाली गीतमा आवाज भरेका छन् भने गोर्खा पल्टन ,परदेशी जस्ता सफल चलचित्रमा समेत आफ्नो अभिनय कला प्रस्तुत गरिसकेका छन्।