डाक्टरको सानो गल्तीले कुरूप बन्यो अनुहार, मागिन् १ करोड क्षतिपूर्ति

एजेन्सी : तमिल अभिनेत्री राइजा विल्सन(Raiza Wilson)ले केही दिन अघि आफ्नो एक तस्बिर शेयर गरेकी थिईन्। त्यस तस्बिरमा उनको अनुहारमा कालो धब्बा र दाहिने आँखाको डिल सुन्निएको देख्न सकिन्छ र अनुहार नै कुरूप बनेको छ । तस्बिर शेयर गरी उनले गलत स्किन ट्रिटमेन्टको कारण आफ्नो यो हालत भएको भन्दै दुखेसो पोखेकी छिन् ।

रायजा विल्सनले स्किन स्पेशलिस्टसँग एक करोड भारु क्षतिपूर्ति मागदाबी गरेकी छिन्। उनी स्वयमले पोस्ट शेयर गरी यस बारे जानकारी दिएकी हुन्।

रायजाको भनाई अनुसार गलत ट्रिटमेन्टको कारण उनको अनुहार खराब भएको हो र उनले डाक्टर विरुद्द मुद्दा दर्ता गराएकी छिन्। रायजाले डाक्टरसँग एक करोड जरिवाना दाबी गरेकी छिन्।

रायजाले आफ्नो तस्बिर शेयर गर्दै ट्रिटमेन्ट गर्ने डाक्टरसँग सम्पर्क नभएको पनि जानकारी दिएकी छिन्। रायजाले तस्बिरसँगै लेखेकी छिन् – ‘म एक साधारण फेशियल ट्रिटमेन्टको लागि डा. भैरवीको क्लिनिकमा गएको थिए। उनले मलाई यो प्रक्रियाको लागि जबर्जस्ती गरे जुन मलाई आवश्यक थिएन् र त्यसको नतिजा तपाईहरु आफैँ हेर्नुहोस्। यति भईसकेपछि पनि उनले मसँग भेट्न र कुरा गर्न इन्कार गरेका छन्। उनका स्टाफ अनुसार उनी शहर बाहिर छन्।’

वर्कफ्रन्टको करा गर्ने हो भने रायजाले सन् २०१७ मा फिल्मी करियर सुरु गरेकी थिईन्। उनी पहिलो पटक साउथको सुपरहिट फिल्म ‘भिआइपि – २’ मा एक सानो भूमिका देखिएकी थिईन्। यो फिल्ममा धनुष मुख्य भूमिकामा थिए। यस बाहेक उनी बिग बोस तमिलको पहिलो सिजनमा पनि सहभागी भईसकेकी छिन्।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८२०:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

किस गर्दा-गर्दै बेकाबू भई विनोदले माधुरीको ओठ नै टोकिदिए…पाइन् १ करोड