रकुल प्रीत सिंह आफ्नो करियरकै सबैभन्दा अलग भूमिकामा देखिँदै

एजेन्सी : बलिउड अभिनेत्री रकुल प्रीत सिंह(Rakul Preet Singh) कैयन शानदार फिल्महरुमा देखिईसकेकी छिन्। उनै रकुल आफ्नो करियरको सबैभन्दा अलग भूमिका निभाउँदै छिन् जुन आजसम्म कुनै पनि अभिनेत्रीले गरेका छैनन्। रोनी स्क्रूवाला(Ronnie Screwvala) रकुल प्रीत सिंहलाई लिएर महिला केन्द्रित फिल्म बनाउँदै छन्।

यस फिल्ममा रकुल प्रीत सिंहले जुन भूमिका निभाउँदै छिन् त्यो आश्चर्यलाग्दो छ। भारतीय सञ्चारमाध्यमहरुका खबरअनुसार रकुल एक क,-‘न्ड,–/’म टेस्ट गर्ने महिलाको भूमिकामा देखिँदै छिन्। यद्यपि यस फिल्मबारे अहिलेसम्म कुनै आधिकारिक घोषणा भईसकेको छैन।

सोसल कमेडी फिल्ममा रकुल प्रीत सिंहलाई पहिलो पटक देख्नु निकै अलग अनुभव हुने वाला छ। फ्यान्स पनि यो खबर सुनेर निकै उत्साहित छन् तर अहिलेसम्म फिल्मको टाइटल जुरिसकेको छैन। रकुल प्रीत सिंहको यो खबर पछि यो फिल्मको कहानीको चर्चा सुरु भएको छ।

फिल्ममा रकुल ती मानिसहरुलाई क,—‘न्ड,-‘मको प्रयोगबारे जानकारी दिईरहेको देखिनेछिन् जो यो परिवार नियोजन साधनबारे अनभिज्ञ छन्। पछिल्लो समय बलिउडमा यस्तै सामाजिक चेतना जगाउने खाले थुप्रै फिल्महरु बनेका छन्।

रकुल छिट्टै अर्जुन कपूरसँग फिल्म ‘सरदार का ग्राण्डसन’ मा देखिँदै छिन्। ‘सरदार का ग्राण्डसन’ एक नेटफ्लिक्स ओरिजनल फिल्म हो, जुन ओटिटीमा १८ मेमा रिलिज गरिनेछ।

प्रकाशित : सोमबार, बैशाख १३, २०७८१८:२७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डाक्टरको सानो गल्तीले कुरूप बन्यो अनुहार, मागिन् १ करोड क्षतिपूर्ति