मेमा ३ ग्रहको ५ राशि परिवर्तन : यो राशिको लागि महिना अत्यन्तै शुभ, हुनेछ मनग्गै प्रगति

काठमाडौँ : यस अप्रिल महिनामा पाँच ग्रहले राशि परिवर्तन गरे। जसको प्रभाव सम्पूर्ण राशिमा पर्यो। आउने मे महिनामा पनि विभिन्न ग्रहहरुले राशि परिवर्तन गर्नेछन्। ती राशि परिवर्तनहरुको पनि हरेक राशिमा प्रभाव पर्नेछ। आज हामी यहाँ मे महिनामा हुने ग्रहका राशि परिवर्तन बारे केही जानकारी प्रस्तुत गर्दैछौं।

सबैभन्दा पहिला मे महिनामा बुधले राशि परिवर्तन गर्नेछ। मे महिनाको पहिलो दिन बिहान ५ बजेर ४७ मिनेटमा मेष राशिबाट वृष राशिमा प्रवेश गर्नेछ। बुध वृष राशिमा मे २६ सम्म बस्नेछ। त्यसदिन बिहान ८ बजेर ५ मिनेटमा बुध मिथुन राशिमा प्रवेश गर्नेछ। बुधले मे महिनामा दुई राशि परिवर्तन गर्नेछ। बुधका राशि परिवर्तनको सबै भन्दा बढी प्रभाव वृष राशिलाई पर्नेछ।

त्यस्तै अर्को ग्रह शुक्रले पनि मे महिनामा राशि परिवर्तन गर्नेछ। शुक्रको राशि परिवर्तन मे ४ मा दिउँसो १ बजेर २४ मिनेटमा हुनेछ। त्यससमय पश्चात शुक्र वृष राशिमा प्रवेश गर्नेछ। मे महिनामा शुक्रले पनि दुई पटक राशि परिवर्तन गर्नेछ। मे महिनाको २८ तारिख दिउँसो १२ बजे मिथुन राशिमा प्रवेश गर्नेछ। शुक्रको दुबै राशि परिवर्तनको प्रभाव सबै भन्दा बढी वृष राशिलाई पर्नेछ।

मे महिनामा हुने अर्को राशि परिवर्तन सूर्यको रहेको छ। सूर्यले १४ मे को बिहान ११ बजेर ३० मिनेटमा वृष राशिमा प्रवेश गर्नेछ। यसको प्रभाव पनि सबै भन्दा बढी वृष राशिमा पर्नेछ।

वृष राशि हुनेहरुका लागि धेरै नै विशेष हुनेछ मे महिना : 

ज्योतिषीय गणनाका अनुसार मे महिना वृष राशि हुनेहरुका लागि सबै भन्दा बढी विशेष रहने देखिन्छ। वृष राशिमा एक साथ बुध, शुक्र र सूर्य हुन त्यसको सकारात्मक प्रभाव वृष राशिमा पर्नेछ।

वृष राशि हुनेहरुलाई मे महिनामा मान-सम्मान मिल्ने देखिन्छ। सामाजिक रुपमा बढेको दायित्वले उचित पुरस्कार दिलाउनेछ । व्यवसायको क्षेत्रमा उल्लेख्य प्रगति हुने पनि योग रहेको छ। मे महिनामा व्यवसाय विस्तार गर्ने मौका मिल्न सक्छ। नयाँ कार्यका लागि पुँजी व्यवस्थापन समेत हुने देखिन्छ।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८१८:५९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

भोलि वैशाख १३ गते सोमवार : मेषलाई चिन्ताजनक रहनेछ दिन, तपाईको दिन कस्तो रहला ?