भोलि वैशाख १३ गते सोमवार : मेषलाई चिन्ताजनक रहनेछ दिन, तपाईको दिन कस्तो रहला ?

पञ्चाङ्ग : ।।।। दिन – सोमवार ।।।।  नक्षत्र – चित्रा , २३:३१ बजे उप्रान्त स्वाती ।।।। तिथि – चतुर्दशी , १२:१५ बजे उप्रान्त पूर्णिमा ।।।। करण – वणिज १२:१५ बजेदेखि भद्रा , २३:०७ बजे उप्रान्त कौलव ।।।।  योग – वज्र , २४:५४ बजे उप्रान्त सिद्धि ।।।। सूर्योदय(sunrise) – ५:३१ ।।।।  सूर्यास्त(Sunset) – १८:३४ ।।।। चौलाथ्व, ११४१ ने.सं. ।।।। २६ अप्रिल २०२१।।।। चैत्र शुक्लपक्ष ।।।। वैशाख १३, २०७८ ।।।।

मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : व्यावसायको लागि दिन लाभदायी रहेको छ। पारिवारिक सदस्यसँग आनन्दमयी वातावरण हुँदा तपाईको मन प्रफुल्लित रहनेछ। घरमा सुखदायी घटना घट्नेछ। शारीरिक स्वास्थ्यमा वृद्धि हुनेछ। तपाईलाई सहयोगीको सहयोग प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा प्रसिद्दि मिल्नेछ। व्यापारमा सहकर्मीसँग सम्बन्ध प्रेममय रहनेछ। जीवनसाथीसँग निकटता आउनेछ।

वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : बौद्धिक चर्चाबाट टाढा रहनुहोला। विधार्थीको लागि समय कठिन रहेको छ। मनमा चिन्ता बनिरहनेछ। पेट सम्बन्धित रोगले मन चिन्तित रहनेछ। यधपी मध्यान्नपछि रोगबाट राहत पाएको अनुभव हुनेछ। मानसिक रूपले धेरै स्थितिबाट राहत पाएको अनुभव गर्नुहुनेछ। तपाईको कार्यको प्रशंसा हुनेछ। माईतबाट समाचार प्राप्त हुनेछ।

मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : तपाईमा उर्जाको अभाव रहनेछ। पारिवारिक सदस्यबीच झगडा होला। स्थावर सम्पत्तिको पात्रको विषयमा सावधानी राख्नुहोला। आकस्मिक धनको खर्च हुनेछ। उग्रतापूर्ण बौद्धिक चर्चामा भाग नलिनुहोला।

कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : कुनै पनि कार्यलाई अविचारितापूर्वक नगर्नुहोला। आफन्तसँग भएको भेटले आनन्द मिल्नेछ। उनीहरुबाट प्रेमपूर्ण सम्बन्धले आनन्द वृद्दि हुनेछ। प्रतिस्पर्धी अगाडी मनोबलपूर्वक टिकिरहनु हुनेछ। मध्यान्नपछि केहि प्रतिकूलता रहनेछ। शारीरिक र मानसिक स्वास्थ्यमा ध्यान दिनुहोला। आमाको स्वास्थ्यको कारण चिन्तित रहनुहुनेछ। आर्थिक कष्ट होला।

सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : बौद्धिक क्षमता वृद्धि हुनाले चर्चामा भाग लिन सक्नुहुनेछ। मध्यान्नपछि वाद-विवादलाई टाल्नुहोला। पारिवारिक सदस्यसँग राम्रो समय रहनेछ। आर्थिक लाभ होला। मध्यान्नपछि भाईबाट लाभ प्राप्त हुनेछ। आध्यात्मिक क्षेत्रमा सिद्धि प्राप्त हुनेछ।

कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : तपाई बोलीको प्रभावले लाभ मिल्नेछ । अन्य मान्छेसँग प्रेम सम्बन्ध वृद्धि हुनेछ। तपाईको भ्रमण आनन्ददायी रहनेछ। व्यवसायिक क्षेत्रमा लाभ मिल्नेछ। पारिवारिक वातावरण आनन्दमय रहनेछ। आर्थिक लाभ मिल्नेछ। विदेशको व्यापारमा सफलता प्राप्त हुनेछ। रुचिपूर्ण भोजन मिल्नेछ।

तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : रिसलाई नियन्त्रणमा राख्नुहोला। बोलीमा विशेष ध्यान राख्नाले वातावरण शान्त रहनेछ। निर्णय सम्बन्धित चीजहरूलाई ध्यानपूर्वक गर्नुहोस्। खर्च अधिक रहनेछ। शारीरिक र मानसिक स्वास्थ्य बिग्रिनेछ। मध्यान्नपछि तपाईले प्रसन्न अनुभव गर्नुहुनेछ। आर्थिक रूपले लाभ मिल्नेछ।

वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : जीवनसाथी प्राप्त हुनको लागि दिन शुभ रहेको छ। आय र व्यापार वृद्धि हुने योग रहेको छ। मित्रसँग घुम्न जान सक्नुहुनेछ। तपाईको समय आनन्दपूर्वक बित्नेछ। मध्यान्नपछि तपाईको स्वभावमा रिस र उग्रता बढ्नेछ। त्यसैले कसैसँग उग्रतापूर्ण व्यवहार नगर्नुहोला। मित्रसँग झगडा हुनाले मानसिक रुपले अस्वस्थ हुन सक्नुहुन्छ ।

धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : तपाईको कार्यको योजना राम्रोसँग सम्पन्न हुनेछ। व्यवसायिक रूपले सफलता प्राप्त हुनेछ। कार्यालयमा वातावरण अनुकूल रहनेछ। परिश्रमको अपेक्षानुसार पदमा उन्नति हुनेछ। परिवारमा आनन्द-उल्लास बनिरहनेछ। मित्रसँग भएको भेटले मन प्रफुल्लित रहनेछ। भ्रमण हुने योग रहेको छ। धन लाभ हुने योग रहेको छ। सन्तानको विषयमा शुभ समाचार मिल्नेछ।

मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : विदेश जान इच्छुक मान्छेको लागि शुभ समय रहेको छ। धार्मिक यात्राबाट धर्मिष्ठताको अनुभूती गर्नुहुनेछ। परिवारमा आनन्द-उल्लासको वातावरण बनिरहनेछ। व्यवसायिक क्षेत्रमा पदोन्नति हुनेछ। तपाईको कार्यबाट उच्च अधिकारीको प्रसन्नता रहनुहुनेछ। धनको साथसाथै मान-सम्मान वृद्धि हुनेछ। पिताको तर्फबाट लाभ मिल्नेछ। घरायसी जीवनमा मनमुटाव हुन सक्छ।

कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : नयाँ कार्यको प्रारम्भ नगर्नुहोला। स्वास्थ्य सम्हाल्नको लागि खान-पानमा ध्यान राख्नुहोला। आफ्नो बोलिमा ध्यान राख्नाले कसैसँग उग्र चर्चा अथवा मनमुटावलाई टाल्नुहोला। मध्यान्नपछि तपाईको प्रसन्नता वृद्धि हुनेछ। स्वास्थ्यमा सुधार हुनेछ। धार्मिक कार्य तथा धार्मिक भ्रमणको आयोजन हुन सक्छ। आर्थिक लाभ हुनेछ।

मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : व्यापारमा सहकर्मीबाट लाभ मिल्नेछ। कुनै मनोरंजन स्थलमा आफन्तसँग आनन्द मनाउनाले मन प्रफुल्लित हुनेछ। मध्यान्नपछि परिस्थितिमा परिवर्तनको अनुभव गर्नुहुनेछ। मध्यान्नपछि नयाँ कार्यको आरम्भ नगर्नुहोला। रिसमा विशेष ध्यान राख्नुहोला। परिवारसँग झगडा हुन सक्ला।

प्रकाशित : आइतबार, बैशाख १२, २०७८२०:४४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज वैशाख १३ गते सोमवार : धनु-मकरलाई धन लाभ, तपाईको दिन कस्तो रहला ?