एजेन्सी : बलिउड अभिनेत्री जाह्नवी कपूर(Janhvi Kapoor) केही हप्ता अघि माल्दिभ्स भ्याकेसनमा गएकी थिईन्। त्यहाँबाट उनले थुप्रै तस्बिरहरु सामाजिक सञ्जालमा शेयर गरी फ्यान्सबीच खलबली मच्चाएकी थिईन्। जाह्नवी कपूरका हरेक तस्बिरले सामाजिक सञ्जालमा सनसनी मच्चाउँछ। हालै जाह्नवीले केही अरु तस्बिरहरु पनि सामाजिक सञ्जाल इन्स्टाग्राममा शेयर गरेकी छिन्। जसमा उनलाई पातको बीचमा पोज दिईरहेको देख्न सकिन्छ। यी तस्बिरहरु देखेर फ्यान्सलाई अभिनेत्री कियारा आडवाणीको याद आएको छ। हेर्नुस् फोटो : –
अभिनेत्री जाह्नवी कपूरको फोटोशूट अत्यन्तै मनमोहक छ। जसमा उनको बिल्कुलै फरक अवतार देखिएको छ।
जाह्नवीले ठ्याक्कै अभिनेत्री कियारा आडवाणी जस्तैगरी पातपछाडी बसी फोटोशूट गराएकी छिन्।
यद्यपि जाह्नवी कपूरले कियारा आडवाणीको जस्तो लुक कपी गर्ने हिम्मत भने जुटाउन सकिनन्। यस तस्बिरमा उनको सिम्पल गर्लको राज खुलेको छ।
गत हप्तामात्रै सामाजिक सञ्जालमा उनले आफ्नो माल्दिभ्स भ्याकेसनको तस्बिर शेयर गरेकी थिईन्। ती तस्बिरहरु खुब भाइरल भएका थिए।